Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

समाचार


एनसेल बिक्री प्रकरणमा छलफल गर्न राज्य व्यवस्था समितिले प्रधानमन्त्री बोलाउने

काठमाडौं। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने भएको छ । शुक्रबार बसेको उक्त समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कलमबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो । त्यस्तै, सो समितिको बैठकमा सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीको

बैतडीमा दुई महिनादेखि बेपत्ता युवती मृत अवस्थामा भेटिइन्

धनगढी। बैतडीमा दुई महिनादेखि बेपत्ता युवती मृत अवस्थामा भेटिएकी छन् । सुर्नया गाउँपालिका-८ की २० वर्षीया कल्पना महरा स्थानीय कैलपाल सामुदायिक वनमा मृत अवस्थामा भेटिएको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीले जानकारी दिएका छन् । उनका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएकी महराको कंकाल फेला परेको हो भने डीएसपी

बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको समीक्षा गरिएको छ : गभर्नर

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको समीक्षा गरिएको बताएका छन् । आज यहाँ आयोजित चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले कर्जा

एनसेल बिक्री होइन, नाटक हो: सांसद पाण्डे

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले एनसेल बिक्री नभएर नाटक गरिरहेको बताएका छन् ।शुक्रबारको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएर यसबारे छलफल गरिनुपर्ने समेत बताएका छन् । “६ खर्बको चिज अर्बमा बेच्ने, यसमा समितिका तर्फबाट गर्ने भूमिकामा कमी

नेपालले पाकिस्तानलाई दियो एक सय ५३ रनको लक्ष्य

काठमाडौं। एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको छ । यूएईमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४७ ओभर २ बलमा एक सय ५२ रन बनाउँदा अलआउट भयो भने नेपालका विकेट किपर उत्तम थापा मगरले अर्धशतक बनाए । उनी ७६ बलमा ५१

अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतान्याहुबीच वार्ता

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वार्ता गरेका छन् । नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई हमास आतङ्ककारीहरूबाट अलग गर्न अत्यावश्यक रहेको विषयमा वार्ता केन्द्रित रहेको जनाइएको छ । उनले इन्धनको व्यवस्थापन सुनिश्चित गर्ने इजरायलको निर्णयलाई स्वागत पनि गरेका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको

स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक छ : मन्त्री बस्नेत

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् । उक्त मन्त्रालयमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उनले जनतालाई प्रत्यक्ष लाभ हुने गरी स्वास्थ्य रणनीति प्रभावकारी रुपमा कार्यान्वयन हुन जरुरी रहेको बताएका छन् । त्यस्तै, लैङ्गिक हिंसा

मुख्यमन्त्री केदार कार्कीद्वारा हात्ती प्रभावित क्षेत्रको निरीक्षण

विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेस्थित जङ्गली हात्तीको आक्रमणबाट भएको घर र बालीको आज निरीक्षण  गरेका छन् । त्यस्तै, गएराति स्थानीय विन निरौला र तीर्थ दाहालको घरमा हात्तीले क्षति पुर्‍याएको थियो । झापा, मोरङ र सुनसरी विभित्र स्थानमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ ।

लुम्बिनीलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न आग्रह

लुम्बिनी। लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनी क्षेत्रलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय बुद्धिष्ट समुदायसँग आग्रह गरेका छन् । त्यसैगरी, भारतीय दूतावास, काठमाडौं र लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा संयुक्तरूपमा आज आयोजित सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव विषयको अन्तरक्रिया कार्यक्रमलाई

राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेको नेतृत्व चाहिन्छ : अध्यक्ष ओली

गण्डकी। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आकाङ्क्षा पूरा गर्न देशलाई एमालेको नेतृत्व चाहिएको बताएका छन् । उक्त पार्टीको ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत आज पोखरा महानगरपालिका–२७ तालचोकमा आयोजित भेटघाट तथा संवाद कार्यक्रममा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा एमालेले मात्रै पूरा गर्न सक्ने

सम्वन्धित समाचारहरु