Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

लुम्बिनीलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न आग्रह


लुम्बिनी। लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनी क्षेत्रलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय बुद्धिष्ट समुदायसँग आग्रह गरेका छन् ।

त्यसैगरी, भारतीय दूतावास, काठमाडौं र लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा संयुक्तरूपमा आज आयोजित सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव विषयको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन जना बुद्ध क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध र शाक्यमुनि बुद्धको जन्मस्थल भएको तथ्य प्रमाणित भएको भन्दै बुद्धको पवित्र जन्मस्थल लुम्बिनी क्षेत्र बौद्ध अनुसन्धानको केन्द्र हुनुपर्ने धारणा राखेका हुन् ।

बुद्धको पवित्र जन्मस्थलबाट बौद्ध धर्मको सुरुआत भएको भन्दै उपाध्यक्ष डा. लामाले विश्वकै शान्तिको स्रोत बुद्धको पवित्र जन्मभूमि लुम्बिनी रहेको समेत बताएका छन् । त्यस्तै, बौद्ध शिक्षाको महत्व विश्वभर भएको र बुद्ध धर्म आस्था मात्रै नभएर दर्शन र सिद्धान्त रहेको जिकिर गर्दै उनले ‘बुद्ध शिक्षा मार्गदर्शक रहेको तथा यसको अनुशरण र परिपालना हुनुपर्ने समेत बताए ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?