Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

नेपालले पाकिस्तानलाई दियो एक सय ५३ रनको लक्ष्य


काठमाडौं। एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको छ । यूएईमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४७ ओभर २ बलमा एक सय ५२ रन बनाउँदा अलआउट भयो भने नेपालका विकेट किपर उत्तम थापा मगरले अर्धशतक बनाए । उनी ७६ बलमा ५१ रन बनाएर आउट भए ।

त्यस्तै दिपेश कँडेल ३१ र अर्जुन कुमाल २१ रनमा आउट भए । सुवास भण्डारी ८ रनमा, विपिन रावल ७ रनमा, आकाश त्रिपाठी ६ रनमा, आकाश चन्द ५ रनमा, गुलशन झा र विशाल विक्रम केसी समान एक रनमा तथा कप्तान देव खनाल १३ बलमा शून्य रनमा आउट भएका थिए ।

त्यसैगरी, पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद जिशानले ६ विकेट लिए । अमिर हसनले दुई विकेट लिए भने पाकिस्तानले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ । उक्त प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् भने नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् ।

नेपालले दोस्रो खेल पर्सि आइतबार अफगानिस्तानसँग र तेस्रो खेल २६ गते भारतसँग खेल्नेछ । मंसिर २९ गते सेमिफाइनल खेल हुनेछ भने प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?