Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक छ : मन्त्री बस्नेत


काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् । उक्त मन्त्रालयमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उनले जनतालाई प्रत्यक्ष लाभ हुने गरी स्वास्थ्य रणनीति प्रभावकारी रुपमा कार्यान्वयन हुन जरुरी रहेको बताएका छन् ।

त्यस्तै, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा मन्त्री बस्नेतले आर्थिक पछ्यौटेपनले लैङ्गिक हिंसा हुने भन्दै सबैलाई आर्थिक रुपमा समानन्तर बनाउनुपर्ने धारणा राखे । उनले भने, “राष्ट्रिय चिकित्सा शिक्षा ऐन संशोधन नहुँदासम्म स्वास्थ्य क्षेत्रमा नर्स तथा डाक्टर उत्पादन हुन नसक्ने अवस्था छ । त्यसैले यसको संशोधन आवश्क छ ।”

स्वास्थ्य मन्त्रालयमा बजेट अभावका कारण सीमित स्रोत साधनमा मन्त्रालयको कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको मन्त्री बस्नेतको भनाइ रहेको थियो । उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले मानव अधिकारको संरक्षण, सम्बर्धन, प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य अधिकार, आकस्मिक स्वास्थ्य सेवामा सबैको पहुँचलगायत काममा मन्त्रालय निरन्तर लागिरहेको समेत बताए ।

उनले महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा ज्येष्ठ नागरिकका स्वास्थ्यसम्बन्धी हक अधिकारलाई प्राथमिकतामा राखी सङ्घीय संरचनाबमोजिम स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० कार्यान्वयनमा आएको जानकारी दएका छन् । त्यस्तै, गुरागाइँले उक्त रणनीतिको समायानुकूल परिमार्जन सहित ल्याइएकाले यसको कार्यान्वयनसँगै स्वास्थ्य सेवा थप प्रभावकारी हुँदै जाने बताए ।

त्यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले राज्यका तीनै तहमा गरिएको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी रणनीतिगत व्यवस्था, संस्थागत संयन्त्रको गठन एवम् सोको कार्यान्वयन, बहु क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका छन् ।

उक्त प्रदेश तथा स्थानीय तहको साझा प्रयासबाट मात्र स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन हुने भएकाले यो रणनीति कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाइ रहेको थियो ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?