Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

एनसेल बिक्री होइन, नाटक हो: सांसद पाण्डे


काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले एनसेल बिक्री नभएर नाटक गरिरहेको बताएका छन् ।शुक्रबारको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएर यसबारे छलफल गरिनुपर्ने समेत बताएका छन् । “६ खर्बको चिज अर्बमा बेच्ने, यसमा समितिका तर्फबाट गर्ने भूमिकामा कमी आउन दिनु हुन्न । प्रधानमन्त्री बोलाएर पनि छलफल गर्नुपर्छ,” उनले भने, “यो बिक्रीको नाटक हो, बिक्री होइन । यसलाई गम्भीर भएर लिनुपर्छ ।”

उनले संघीय मामिला मन्त्रालयले सुशासन कायम गर्न नकारात्मक काम गरेको आरोप समेत लगाएका छन् ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?