Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेको नेतृत्व चाहिन्छ : अध्यक्ष ओली


गण्डकी। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आकाङ्क्षा पूरा गर्न देशलाई एमालेको नेतृत्व चाहिएको बताएका छन् । उक्त पार्टीको ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत आज पोखरा महानगरपालिका–२७ तालचोकमा आयोजित भेटघाट तथा संवाद कार्यक्रममा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा एमालेले मात्रै पूरा गर्न सक्ने दाबी गरेका छन् ।

अध्यक्ष ओलीले अहिले एमाले ‘मिसन-८४’ अन्तर्गत आगामी निर्वाचनबाट एकल बहुमत ल्याउने गरी अघि बढेको बताए । उनले एमाले साधारण प्रतिपक्ष नभई इतिहास रच्दै सङ्घर्षको मैदानबाट खारिएर आएको सबैभन्दा लोकप्रिय पार्टी भएकाले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने समेत बताएका छन् ।

“देशलाई सकारात्मक दिशामा फर्काउन हामी सचेत, सङ्गठित र आन्दोलित हुनुपर्ने आवश्यकता छ, राजनीति मात्र नभएर विकास निर्माण र जनजीविकाका सवालमा पनि एमालेले नेतृत्व गर्छ”, उनले भने, “पार्टी पङ्क्ति जनताका बीचमा जाने, जनताको समस्या, गुनासा सुन्ने र समाधानका लागि पहल लिने उद्देश्यले समृद्धिका लागि सङ्कल्प यात्राको आयोजना गरिएको हो ।”

त्यस्तै, अध्यक्ष ओलीले खस्कँदो अर्थतन्त्र, बेरोजगारी जस्ता कारणले युवा जनशक्ति पलायन हुने क्रम तीव्र बनेको धारणा राखेका छन् । “देश निर्माणका लागि युवा जनशक्तिलाई देशभित्रै राख्नुपर्छ, हाम्रो देश हामी आफैँले बनाउने हो, अरूले कसैले बनाइदिएर देश बन्दैन”, अध्यक्ष ओलीले भने, “देशमै रोजगारीको सिर्जना र उद्यमशीलता विकास गर्नुपर्छ ।”


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?