Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

एनसेल बिक्री प्रकरणमा छलफल गर्न राज्य व्यवस्था समितिले प्रधानमन्त्री बोलाउने


काठमाडौं। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने भएको छ । शुक्रबार बसेको उक्त समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कलमबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।

त्यस्तै, सो समितिको बैठकमा सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीको विषयमा शंकास्पद रहेको धारणा राखेका थिए भने कांग्रेस महामन्त्री गगन थापाले राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठबिना एनसेल खरिद बिक्री यो रुपमा गर्न सम्भव नभएको बताएका थिए ।

उक्त समिति सभापति रामहरि खतिवडाले शुक्रबार नै प्रधानमन्त्रीलाई पत्र पठाइने जानकारी दिएका छन् । त्यसपछि प्रधानमन्त्रीको समय लिएर छलफलको मिति तय गर्ने उनले बताए ।

 


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?