Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

समाचार


एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल मनीषालाई ओलीको बधाई

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मनीषा जिसीलाई बधाई तथा शुभकामना दिएका छन्। लोक सेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल गुल्मीकी मनीषालाई धन्यवाद दिएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको

हिल्साका बासिन्दाले नेपालसँग जोडिदेऊ भनेका छन्ः सांसद गैरे

काठमाडौं। सांसद राजेन्द्रलक्ष्मी गैरेले कर्णालीको हिल्सा क्षेत्रमा आफूहरू अनुगमनका लागि पुग्दा त्यहाँका जनताले हामीलाई नेपालसँग जोडिदेऊ भनेको बताएकी छन् । बिहीबार संसद्को राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन् । त्यस्तै लिगण्ड्की कोरिडोरमा बुरिंताल क्षेत्रमा पहिरोले धेरै सास्ती दिएको बताउँदै त्यसको व्यवस्थापनमा ध्यान दिन आग्रह समेत गरिन्

देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्छौँः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को २४औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताउँदै

सार्वजनिक यातायात क्षेत्र सुधार गर्न सांसदको सुझाव

काठमाडौं। सांसद कुमार दसौंदीले सार्वजनिक यातायात क्षेत्र सुधार गर्न सरकारलाई सुझाव दिएका छन् । बिहीबार संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसद दसौंदीले सार्वजनिक यातायात क्षेत्र सुधार नहुँदा बर्सेनि सयौँले ज्यान गुमाउनुपरेको भन्दै सवारीको मापदण्ड राम्रो बनाउने र सडक निर्माणमा पनि ध्यान दिनुपर्ने बताएका छन् । उनले पुष्पलाल राजमार्ग

उपाध्यक्ष डा.लामा र चिनियाँ राजदूत सोङविच भेटवार्ता, गुरुयोजनाका बिषयमा छलफल

लुम्बिनी। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबिच बिहीबार भेटवार्ता भएको छ । लुम्बिनीस्थित चिनियाँ विहारमा भएको भेटवार्तामा बृहत्तर लुम्बिनी क्षेत्रका बिषयमा छलफल भएको छ । उक्त भेटमा जापानीज वास्तुविद् केञ्जे टांगेले निर्माण गरेको गुरुयोजनाको पूर्णता, चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा आउने वातावरण

भोजपुरी अभिनेत्री अक्षरामाथि आक्रमण

मुम्बई। भोजपुरी फिल्म उद्योगकी प्रख्यात अभिनेत्री अक्षरा सिंहमाथि शुभेच्छुक (फ्यान) ले आक्रमण गरेका छन् । भारतको महाराष्ट्रस्थित औरंगाबादको दाउदनगरमा भएको कार्यक्रममा अक्षरामाथि आक्रमण भएको हो । सके आक्रमणमा अक्षरालाई चोट नलागेपनि एक प्रहरी घाइते भएका छन् भने अक्षरा त्यहाँ एक शोरुमको उद्घाटन गर्न बुधबार दिउँसो पुग्ने कार्यक्रम थियो, तर मौसमका

शहाब चम्किएपछि आर्मी नौ ओभरमै विजयी, कोशी नौ विकेटले पराजित

काठमाडौं। शहाब आलम चम्किएपछि त्रिभुवन आर्मी क्लबले नौ ओभरमै जित हासिल गरेको छ। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मी क्लबले कोशी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । कोशीले दिएको ८९ रनको लक्ष्य आर्मीले ९.५ ओभरमै पूरा गरेको हो। त्यस्तै, आर्मीका लागि

मुलुकलाई दिशानिर्देश गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण छ: कानुनमन्त्री भट्ट

चैनपुर,बझाङ। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले मुलुकलाई दिशानिर्देश गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताएकन छन् । सुदूरपश्चिम प्रदेशमा कार्यरत समाचारदाताहरुका लागि आजदेखि कञ्चनपुरमा आयोजित अभिमुखीकरणको उद्घाटन गर्दै मन्त्री भट्टले भने, “समाज र राष्ट्रको परिवर्तन गर्न पत्रकार र पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको छ ।” समाजले नबुझेको कुरा पत्रकारले

आज सुन-चाँदीको भाउ फेरी घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ७०० रुपैयाँले घटेको हो । महासङ्घका बुधबार छापावाल सुन एक लाख १८ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाल सुन एक लाख

काठमाडौंको फोहोर व्यवस्थापन बारे अध्ययन गर्दै भारतीय सहितको विज्ञ समूह

काठमाडौं। काठमाडौं महानगरपालिकाले घरेलु फोहोरको दिगो समाधानका लागि विज्ञ समूहबाट त्यसको सामाजिक, आर्थिक तथा प्राविधिक अध्ययन गर्ने भएको छ । अध्ययनका लागि महानगरपालिकाले भारतीय विज्ञसहितको समूह तयार गरेको छ । उक्त महानगरपालिकाले भारतको इन्दोर सहरको फोहोर व्यवस्थापनमा खटिएका विज्ञसहितको टोलीलाई काठमाडौंको फोहोर व्यवस्थापनका लागि त्यसको सामाजिक, आर्थिक तथा प्राविधिक पक्षको

सम्वन्धित समाचारहरु