Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित)


चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र, अखाद्य वस्तु बिक्री रोक्न सक्रिय (तस्बिरसहित)

काठमाडौं । चाडपर्व नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।

चाडवाडको समयमा हुनसक्ने कालोबजारी, म्याद सकिएका वस्तुको बिक्री र मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले महानगरको टोलीले बिहीबार सामाखुशी लगायतका क्षेत्रमा स्थलगत अनुगमन गरेको हो । दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वहरू नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुहरूको माग बढ्ने गर्दछ । यही मौका छोपी केही व्यवसायीले म्याद सकिएका, गुणस्तरहीन र अस्वस्थकर वस्तुहरू विक्री गर्ने सम्भावना रहने भएकाले महानगरले विशेष टोली परिचालन गरेको हो ।

बिहीवार सामाखुशी क्षेत्रका पसल र व्यावसायिक प्रतिष्ठानहरूमा गरिएको अनुगमनका क्रममा महानगरको टोलीले खाद्य वस्तुको म्याद, मूल्यसूचीको उपलब्धता र पसल दर्ता प्रमाणपत्रको जाँच गरेको थियो । महानगरकाअनुसार उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राख्दै अनुगमनलाई निरन्तरता दिइनेछ । अनुगमन टोलीले नियमविपरित व्यापार गरिरहेका व्यवसायीलाई सचेत गराउनुका साथै कानूनबमोजिम कारबाहीको चेतावनी समेत दिएको छ ।

महानगरका अधिकारीहरूले उपभोक्तालाई पनि सामान खरिद गर्दा लेबल, उत्पादन मिति र म्याद सकिने मिति अनिवार्य रूपमा हेर्न आग्रह गरेका छन् । यस प्रकारको अनुगमनले चाडपर्वको समयमा बजारमा हुने विकृति रोक्न मद्दत पुग्ने विश्वास महानगरको छ ।


प्रकाशित मिति: २२ आश्विन २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?