Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

हिल्साका बासिन्दाले नेपालसँग जोडिदेऊ भनेका छन्ः सांसद गैरे


काठमाडौं। सांसद राजेन्द्रलक्ष्मी गैरेले कर्णालीको हिल्सा क्षेत्रमा आफूहरू अनुगमनका लागि पुग्दा त्यहाँका जनताले हामीलाई नेपालसँग जोडिदेऊ भनेको बताएकी छन् । बिहीबार संसद्को राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

त्यस्तै लिगण्ड्की कोरिडोरमा बुरिंताल क्षेत्रमा पहिरोले धेरै सास्ती दिएको बताउँदै त्यसको व्यवस्थापनमा ध्यान दिन आग्रह समेत गरिन् । उनले शिद्दवाबा क्षेत्रलाई पनि व्यवस्थित बनाउनुपर्ने बताइन् । सांसद गैरेले काली गण्डकीमा बनाइएका संरचना पनि बलियो नभएको बताइन् ।

उनले भनिन्– ‘पाल्पामा राम्दिदेखी रानीमहलसम्म अवरुद्ध छ। रानी महललदेखि रिडीसम्म राम्रो छ। अर्थमन्त्रीलाई पनि मैले बजेट ल्याउने बेला बजेटमा विभेद गर्नुभयो भनेकी थिएँ।’

सांसद गरैले तानसेनमा घरभित्र पानी छिरेर त्यहाँका बासिन्दा रातभरी निदाउन नसक्ने बताएकी छन् ।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?