Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

हिल्साका बासिन्दाले नेपालसँग जोडिदेऊ भनेका छन्ः सांसद गैरे


काठमाडौं। सांसद राजेन्द्रलक्ष्मी गैरेले कर्णालीको हिल्सा क्षेत्रमा आफूहरू अनुगमनका लागि पुग्दा त्यहाँका जनताले हामीलाई नेपालसँग जोडिदेऊ भनेको बताएकी छन् । बिहीबार संसद्को राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

त्यस्तै लिगण्ड्की कोरिडोरमा बुरिंताल क्षेत्रमा पहिरोले धेरै सास्ती दिएको बताउँदै त्यसको व्यवस्थापनमा ध्यान दिन आग्रह समेत गरिन् । उनले शिद्दवाबा क्षेत्रलाई पनि व्यवस्थित बनाउनुपर्ने बताइन् । सांसद गैरेले काली गण्डकीमा बनाइएका संरचना पनि बलियो नभएको बताइन् ।

उनले भनिन्– ‘पाल्पामा राम्दिदेखी रानीमहलसम्म अवरुद्ध छ। रानी महललदेखि रिडीसम्म राम्रो छ। अर्थमन्त्रीलाई पनि मैले बजेट ल्याउने बेला बजेटमा विभेद गर्नुभयो भनेकी थिएँ।’

सांसद गरैले तानसेनमा घरभित्र पानी छिरेर त्यहाँका बासिन्दा रातभरी निदाउन नसक्ने बताएकी छन् ।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?