Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’


नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’

काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले पार्टी औपचारिक रूपमा विभाजित भएको घोषणा गरेका छन् ।

जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता निधीले विशेष महाधिवेशनले काँग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडिदिएको भन्दै अब ‘नयाँ घर’ निर्माणको दिशामा अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । नेता निधीले पार्टी विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन बोलाउने पक्ष नै रहेको आरोप लगाएका छन् । उनले लोकतन्त्र भनेको केवल सिद्धान्त मात्र नभएर प्रक्रिया र पद्धति पनि भएको स्मरण गराउँदै बहुमतले मात्रै पार्टी नचल्ने तर्क गरेका छन् । उनले निर्वाचन आयोगमा पेश गरिएको तथ्यांकलाई आधार मान्दै आफूहरूसँग ४६ प्रतिशतको बलियो आधार रहेको दाबी गरेका छन् । ४६ प्रतिशतको मतलाई अवमूल्यन गरेर गरिएका निर्णयहरू अमान्य हुने उनको जिकिर छ । विशेष महाधिवेशन र त्यसपछि विकसित घटनाक्रमहरूले पार्टीलाई जोड्न नसक्ने भन्दै उनले अब नयाँ ढंगले पार्टी संगठनलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘जसले विशेष महाधिवेशन बोलायो, उसैले पार्टी फुटाएको हो । हामीले शुरुदेखि नै प्रक्रियाको कुरा उठाउँदै आएका थियौँ तर त्यसलाई बेवास्ता गरियो । पुराना पुस्ताका नेताहरूले अझै पनि आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्, त्यसैले हामीले अझै मिहिनेतका साथ नयाँ कार्यदिशा तय गर्नुपर्छ । हामीले आफ्नो घरलाई अझ मजबुत बनाउनुपर्छ, गिरिजाबाबु र शेरबहादुरजी मिल्न तीन वर्ष लागेजस्तै परिस्थिति कहिले कस्तो हुन्छ भन्न सकिन्न, तर अहिले हामीले आफ्नो संगठन निर्माणलाई नै प्राथमिकता दिनुपर्छ ।’

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निधीले कार्यकर्ताहरूलाई वार्ड तहबाटै नयाँ ऊर्जाका साथ खटिन निर्देशन दिएका छन् । युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिँदै उनले आफ्नो आलोचना गर्नेहरूलाई जवाफ दिँदै आफू वैचारिक रूपमा अझै सक्रिय रहेको र पार्टी पुनर्निर्माणका लागि प्रतिवद्ध रहेको बताएका छन् । निधीले कार्यकर्ताहरूलाई निराश नहुन आग्रह गरेका छन् । उनले पञ्चायत कालको उदाहरण दिँदै संगठन बलियो भए जुनसुकै अवरोध पार गर्न सकिने बताएका छन् ।


प्रकाशित मिति: २२ आश्विन २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?