Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

भोजपुरी अभिनेत्री अक्षरामाथि आक्रमण


मुम्बई। भोजपुरी फिल्म उद्योगकी प्रख्यात अभिनेत्री अक्षरा सिंहमाथि शुभेच्छुक (फ्यान) ले आक्रमण गरेका छन् । भारतको महाराष्ट्रस्थित औरंगाबादको दाउदनगरमा भएको कार्यक्रममा अक्षरामाथि आक्रमण भएको हो ।

सके आक्रमणमा अक्षरालाई चोट नलागेपनि एक प्रहरी घाइते भएका छन् भने अक्षरा त्यहाँ एक शोरुमको उद्घाटन गर्न बुधबार दिउँसो पुग्ने कार्यक्रम थियो, तर मौसमका कारण उडान डिले भएपछि उनी बेलुकी मात्र पुगेकी थिइन् । सोहीकारण उनका फ्यान रिसाएका थिए, तर अक्षरा पुगेपछि भने सेल्फी लिने फ्यानको भीडले घेरेको थियो ।

त्यसैगरी, भीड यति धेरै बढ्यो कि त्यो भीडलाई नियन्त्रणमा लिन प्रहरीलाई नै हम्मे परेको थियो । भीडका कारण केही फ्यान घाइते भएका थिए । फ्यान घाइते भएपछि केहीले अक्षरामाथि ढुङ्गा प्रहार गरेका थिए । यद्यपि, त्यहाँ उपस्थित प्रहरीले उनलाई सुरक्षित स्थानतर्फ लगेको थियो ।

अक्षरालाई बचाउने क्रममा फ्यानको ढुङ्गा लागेर एक प्रहरीको टाउको फुटेको छ भने घाइते प्रहरीको दाउदनगरको सरकारी अनुमण्डल अस्पतालमा उपचार गरिएको छ । अक्षरामाथि फ्यानको आक्रमण यो पहिलो होइन । उनी माथि २०२२ मा पनि आक्रमण भएको थियो ।

त्यो बेला उनी महाराष्ट्रको बदलापुर महोत्सवमा सहभागी हुन त्यहाँ पुगेकी थिइन् । त्यहाँ पनि उनलाई डुङ्गाले आक्रमण गरिएको थियो ।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?