Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

भोजपुरी अभिनेत्री अक्षरामाथि आक्रमण


मुम्बई। भोजपुरी फिल्म उद्योगकी प्रख्यात अभिनेत्री अक्षरा सिंहमाथि शुभेच्छुक (फ्यान) ले आक्रमण गरेका छन् । भारतको महाराष्ट्रस्थित औरंगाबादको दाउदनगरमा भएको कार्यक्रममा अक्षरामाथि आक्रमण भएको हो ।

सके आक्रमणमा अक्षरालाई चोट नलागेपनि एक प्रहरी घाइते भएका छन् भने अक्षरा त्यहाँ एक शोरुमको उद्घाटन गर्न बुधबार दिउँसो पुग्ने कार्यक्रम थियो, तर मौसमका कारण उडान डिले भएपछि उनी बेलुकी मात्र पुगेकी थिइन् । सोहीकारण उनका फ्यान रिसाएका थिए, तर अक्षरा पुगेपछि भने सेल्फी लिने फ्यानको भीडले घेरेको थियो ।

त्यसैगरी, भीड यति धेरै बढ्यो कि त्यो भीडलाई नियन्त्रणमा लिन प्रहरीलाई नै हम्मे परेको थियो । भीडका कारण केही फ्यान घाइते भएका थिए । फ्यान घाइते भएपछि केहीले अक्षरामाथि ढुङ्गा प्रहार गरेका थिए । यद्यपि, त्यहाँ उपस्थित प्रहरीले उनलाई सुरक्षित स्थानतर्फ लगेको थियो ।

अक्षरालाई बचाउने क्रममा फ्यानको ढुङ्गा लागेर एक प्रहरीको टाउको फुटेको छ भने घाइते प्रहरीको दाउदनगरको सरकारी अनुमण्डल अस्पतालमा उपचार गरिएको छ । अक्षरामाथि फ्यानको आक्रमण यो पहिलो होइन । उनी माथि २०२२ मा पनि आक्रमण भएको थियो ।

त्यो बेला उनी महाराष्ट्रको बदलापुर महोत्सवमा सहभागी हुन त्यहाँ पुगेकी थिइन् । त्यहाँ पनि उनलाई डुङ्गाले आक्रमण गरिएको थियो ।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?