Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

शहाब चम्किएपछि आर्मी नौ ओभरमै विजयी, कोशी नौ विकेटले पराजित


काठमाडौं। शहाब आलम चम्किएपछि त्रिभुवन आर्मी क्लबले नौ ओभरमै जित हासिल गरेको छ। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मी क्लबले कोशी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ ।

कोशीले दिएको ८९ रनको लक्ष्य आर्मीले ९.५ ओभरमै पूरा गरेको हो। त्यस्तै, आर्मीका लागि सन्तोष कार्की र इमरान शेखले ३२–३२ रन र कुशल मल्लले २२ रन बनाए भने कोशीका लागि सुजन थपलियाले एक विकेट लिए। यसअघि ब्याटिङ गरेको कोशीले ४४.४ ओभरमा ८८ रन मात्रै बनाउन सक्यो। कोशीका लागि अंकित सुवेदीले ४१ रन बनाए।

अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् । आर्मीका लागि शहाब आलमले उत्कृष्ट प्रदर्शन गरे। उनले ६.४ ओभरमा १४ रन खर्चेर ६ विकेट लिए । आलमको अगाडि कोशीका ब्याटर टिक्न सकेनन्।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?