Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

शहाब चम्किएपछि आर्मी नौ ओभरमै विजयी, कोशी नौ विकेटले पराजित


काठमाडौं। शहाब आलम चम्किएपछि त्रिभुवन आर्मी क्लबले नौ ओभरमै जित हासिल गरेको छ। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मी क्लबले कोशी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ ।

कोशीले दिएको ८९ रनको लक्ष्य आर्मीले ९.५ ओभरमै पूरा गरेको हो। त्यस्तै, आर्मीका लागि सन्तोष कार्की र इमरान शेखले ३२–३२ रन र कुशल मल्लले २२ रन बनाए भने कोशीका लागि सुजन थपलियाले एक विकेट लिए। यसअघि ब्याटिङ गरेको कोशीले ४४.४ ओभरमा ८८ रन मात्रै बनाउन सक्यो। कोशीका लागि अंकित सुवेदीले ४१ रन बनाए।

अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् । आर्मीका लागि शहाब आलमले उत्कृष्ट प्रदर्शन गरे। उनले ६.४ ओभरमा १४ रन खर्चेर ६ विकेट लिए । आलमको अगाडि कोशीका ब्याटर टिक्न सकेनन्।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?