Trending
>>   आज मिति २०८२ साल भदौ ०२ गते सोमबार,हेर्नूहोस् आजको राशिफल >>   पल्सर स्पोर्ट्स अवार्ड, २०८१ को पिपल्स च्वाइसको मनोनयनमा पाँच खेल विधाका खेलाडी >>   दुर्गममा काज खटाउँदा जान नमान्ने कर्मचारीको नाम सार्वजनिक गर्छौंः मन्त्री न्यौपाने >>   ५९ वटा स्थानीय तहले समयमा नै बजेट ल्याउन सकेनन् >>   प्रधानमन्त्रीको प्रतिवद्धताः प्रतिगमनकारी कुनै कानूनको मस्यौदा संसदमा पठाउँदैनौँ >>   साफ महिला यु–१७ च्याम्पियनसिप जित्छौंः प्रशिक्षक श्रेष्ठ >>   सडक सुरक्षाको दीर्घकालिन योजनाको काम सरकारले कहिलेदेखि थाल्छ:निशा डाँगी >>   आगामी वर्षदेखि नोटबाहेक सबै छपाई सम्बन्धी काम सुरक्षण मुद्रण केन्द्रले गर्छः सञ्चारमन्त्री >>   परराष्ट्रमन्त्री डा. राणा र भारतीय विदेश सचिव मिश्रीबीच भेट >>   सरकारका कदमहरु सुशासनका विरुद्धमाः माओवादी उपाध्यक्ष भुसाल
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

काठमाडौंको फोहोर व्यवस्थापन बारे अध्ययन गर्दै भारतीय सहितको विज्ञ समूह


काठमाडौं। काठमाडौं महानगरपालिकाले घरेलु फोहोरको दिगो समाधानका लागि विज्ञ समूहबाट त्यसको सामाजिक, आर्थिक तथा प्राविधिक अध्ययन गर्ने भएको छ । अध्ययनका लागि महानगरपालिकाले भारतीय विज्ञसहितको समूह तयार गरेको छ ।

उक्त महानगरपालिकाले भारतको इन्दोर सहरको फोहोर व्यवस्थापनमा खटिएका विज्ञसहितको टोलीलाई काठमाडौंको फोहोर व्यवस्थापनका लागि त्यसको सामाजिक, आर्थिक तथा प्राविधिक पक्षको अध्ययन गर्ने जिम्मेवारी दिएको हो ।

त्यस्तै, ८ वर्षको अवधिमा इन्दोरले घरेलु फोहोर व्यवस्थापनमा उल्लेखनीय काम गरेको छ । यसकारण भारतको सफा सहरका रुपमा परिचित भएको छ । सो नगरले गरेका काम काठमाडौंसँगको सान्दर्भिकता हामीले अध्ययन गराउन चाहेका हौँ,’ महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले भने, ‘हाम्रो विज्ञहरूको टोलीले एक महिनासम्म काठमाडौँमै बसेर फोहोरको उत्पादन, प्रकृति, वर्गीकरण, सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनलाई विभिन्न कोणबाट अध्ययन गर्नेछ ।’

विज्ञ समूहमा इन्दोर नगर, घरेलु फोहोर व्यवस्थापन विभाग  (सोलिड वेस्ट म्यानेजमेन्ट डिपार्टमेन्ट) का सूचना, शिक्षा र सञ्चार विज्ञ (आइईसी एक्पर्ट) अमित चौहान बुधबार नै काठमाडौं आइपुगेका छन् । उनले सफाइका लागि सहरबासीको सचेतना र सहभागिता आवश्यक हुने बताए । ‘यसले फोहोर वर्गीकरणमा सघाउ पुग्छ । स्रोतमा फोहोर वर्गीकरण भयो भने व्यवस्थापनको काम सहज हुन्छ,’ उनको भनाइ रहेको छ ।

काठमाडौं महानगरपालिकाले अहिले फोहोर सङ्कलन, ढुवानी र ल्याण्डफिल साइटमा अन्तिम व्यवस्थापनको कामसमेत आफैँ गरिरहेको छ ।
सके महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार वडा नं. १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वटा वडामा महानगरपालिकाले मात्र फोहोर सङ्कलन गर्छ । त्यस्तै, राजमार्ग, पार्क, मठमन्दिर तथा सार्वजनिक स्थलको सफाई समेत महानगरपालिकाका कर्मचारी आफैँले गर्छन् ।

यसबाट दैनिक करिब २४० मेट्रिक टन फोहोर महानगरपालिकाले ल्याण्डफिल साइटमा पुर्‍याउने गरिएको छ भने अन्य वडाहरुमा निजी क्षेत्रले फोहोर सङ्कलन गरेर करिब ५ सय मेट्रिक टन फोहोर साइटमा पुर्‍याउँछन् । उपत्यकासहित नुवाकोट र धादिङ्का पालिकासहित ल्याण्डफिल साइटमा दैनिक १ हजार ६ सय मेट्रिक टन फोहोर लैजाने गरिएको छ ।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?