Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

मानव अधिकार महाभेला सोमवारदेखि


काठमाडौँ। ७७ औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा १७ औँ मानव अधिकार राष्ट्रिय महाभेला सोमवारदेखि ललितपुरमा शुरु हुने भएको छ ।

आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै मानव अधिकारका लागि महिला, एकल महिला समूहले उक्त जानकारी दिएको हो । यही मंसिर २८ गतेसम्म हुने उक्त महाभेलाले मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गर्दै सरकार तथा सरोकारवाला निकायलाई जवाफदेही बनाउने उद्देश्य लिइएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै मानव अधिकारका लागि महिला, एकल महिला समूहकी अध्यक्ष शोभा वि.सी.ले महाभेलाको उद्घाटन गृहमन्त्री ओमप्रकाश अर्यालले गर्ने जानकारी दिएका छन् । उनकाअनुसार यस वर्षको महाभेला ‘मानव अधिकारको सम्मान, सुशासनको सुनिश्चितता, न्यायपूर्ण समृद्ध नेपाल’ भन्ने नाराका साथ मनाइँदै छ । अध्यक्ष वि.सी.ले महाभेलामा राष्ट्रिय मानव अधिकार आयोग, विभिन्न गैरसरकारी महासंघहरू तथा १२५ भन्दा बढी मानव अधिकार तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सहभागि हुने बताएकी छिन् ।

उनले नेपाल मानव अधिकार पक्षराष्ट्रका रूपमा अन्तरराष्ट्रिय समुदायसमक्ष गरेको प्रतिवद्धता पूरा गर्ने प्रक्रिया अपेक्षित रूपमा अघि बढ्न नसकेको उल्लेख गर्दै सरकारलाई सचेत गराउन महाभेलाले महत्वपूर्ण भुमिका खेल्ने बताएकी छिन् । महाभेलामा देशभरबाट करिव एक हजारभन्दा बढी मानव अधिकारकर्मी, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: २१ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?