Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल


काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिले देशको अगाडि धेरै चुनौतिहरु खडा भएको बताएका छन् ।

संसद सेवा दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशमा धेरै समस्या खडा भएको उल्लेख गर्दै त्यसलाई पार लगाउने जिम्मेवारी पूरा गर्न गम्भीर भएर लाग्नुपर्ने समेत बताएका छ । अध्यक्ष दाहालले संघीय संसद देशको मुख्य अंकमध्ये एक भएकाले यसले मुलुकको समस्यालाई हेरेर मात्रै बस्न नमिल्ने बताउदै समस्या समाधानका लागि संघीय संसद सचिवालयले एकतावद्ध भएर सामना गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

अध्यक्ष दाहालले भने,‘जिम्मेवारी बोध भन्ने कुरा ठूलो र सानो हुँदैन । हामीले जहाँ जति जिम्मेवारी लिएका छौँ, त्यसलाई पूरा गर्नसके सामान्य कर्मचारी पनि ठूलो बन्न पुग्छ । हामी ठूलो कुर्सीमा बसेकार जिम्मेवारी पूरा गर्न सकेनौ भने त्यो ठूलो हुन्छ भन्ने मलाई लाग्दैन । त्यसकारण हामी सबैले आफैँले आफैँलाई चिनेर हामीले आफ्नो जिम्मेवारीहरुलाई एकतावद्ध ढंगले अघि बढायौ भने हुन्छ । धेरै चुनौतिहरु छन् अहिले । मैले त्यतातिर धैरै गईन । अहिले देशको अगाडि नै धेरै चुनौतिहरु खडा भएका छन् । यसलाई पार लगाउने जिम्मा पनि हामी हाम्रो ठाउँमा छौँ । यो राज्यको मुख्य अंग भएकाले यसले गर्नुपर्ने धेरै जिम्मेवारीहरु छन् । यस जिम्मेवारीबाट पन्छिन हुन्न । यसलाई हार्दिकताका साथ स्विकार गरेर अगाडि बढ्ने प्रेरणा मिलिराखोस् ।’

त्यस अवसरमा अध्यक्ष दाहालले संघीय संसदलाई प्रभावकारी बनाउने गरी काम गर्न पनि मातहतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।


प्रकाशित मिति: २१ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?