Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर


काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुस्करले वैदेशिक रोजगारी पलायन नभएको बताएका छन् ।

आप्रवासन दिवसको पूर्वतयारीका क्रममा आईतवार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारीलाई पलायन भन्ने प्रचलन बढेको उल्लेख गर्दै त्यो गलत र भ्रामक भएको उल्लेख गरेका छन् । वैदेशिक रोजगारलाई उच्च शिक्षासँग तुलना गर्दै उनले सलाई प्राविधिक शिक्षाका रुपमा बुभ्नुपर्ने बताएका छन् । उनकाअनुसार विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीमध्ये पाँच प्रतिशत पनि फर्केर नआउने तथ्यांक शिक्षा मन्त्रालयकै ‘नो अब्जेक्सन लेटर’ (एनओसी) का अभिलेखले देखाउँछ । उनले पढ्न जाने ५ प्रतिशत पनि नेपाल फर्कंदैन भने वैदेशिक रोजगारीलाई मात्र किन पलायन भनिन्छ ? भन्ने प्रश्न समेत गरेका छन् । उनले वैदेशिक रोजगार पनि हायर एजुकेशन जस्तै भएको उल्लेख गरे । रोजगारीमा जाने मान्छेले पैसा, सीप, एक्सपोजर सबै ल्याउने र फर्केर नेपालमै केही गर्न पनि खोज्ने बताएका छन् । वैदेशिक रोजगारीलाई पलायनका रूपमा चित्रण गर्ने प्रवृत्तिलाई उहाँले शोषक मानसिकता भएको आरोप समेत लगाएका छन् । माईग्रेसनलाई नकरात्मक रूपमा प्रश्तुत गर्नेभन्दा त्यसलाई व्यवस्थापन, सीप विकास र वैदेशिक अनुभवलाई उत्पादनशीलक्षेत्रमा वापत ल्याउनेतर्फ नीति केन्द्रित हुन आवश्यक रहेको बताएका छन् ।

उनले भने, ‘अहिले मान्छेहरु माईग्रेसनलाई पलायन भन्छन्, माईग्रेसन भनेको पलायन होईन । यो भनेको टेक्निकल एजुकेशन हो क्या । पढ्न जाँदा ५ प्रतिशत पनि मान्छे फर्केर आउँदैन, विदेशबाट । तपाईले शिक्षा मन्त्रालयको नो अब्जेक्सन लेटर ल्याएर हेर्नुस्, त्यो बच्चा ५ प्रतिशतपनि नेपाल फर्केको छैन । तर माईग्रेशनलाई हायर एजुकेशन किन भन्दैनौँ ? यो टु हायर एजुकेशन हो, जान्छ, पैसा पनि ल्याउछ, स्किल पनि ल्याउँछ, एक्सपोजर पनि ल्याउँछ र नपालमा नै केही गरौँ भनर पनि गरेको छ । सबै शोषकहरुले मात्रै भन्छ, पलायनको कुरा । वैदेशिक रोजगारीलाई जो जो ले पलायन भन्छ, त्यो सामन्ति र शोषक मान्छे हो भनेर बुझ्दा हुन्छ ।’

उनले देश विकास र व्यक्तिको क्षमता विकासको लागी पनि माईग्रेसन हुनु जरुरी भएको बताएका छन् । माईग्रेसनका कारण नै धेरै मुलुकहरु विकसित भएको उनको दाबी छ । उनले सुरुक्षाका लागी माईग्रेट हुने चलन रहेको उल्लेख गरेका छन् । नेपालमा यसवर्ष सुरक्षित र मार्यदित आप्रवासन, समग्र चक्रमा सुशासन भन्ने नाराका साथ यो दिवस एक हप्तासम्म मनाईने भएको छ । कार्यक्रममा श्रम मन्त्रालयका अधिकारी, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि तथा वैदेशिक रोजगार संवद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।


प्रकाशित मिति: २१ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?