Trending
>>   हिमाल हेर्न कोखेडाँडा >>   रौतहट ईशनाथ–१ का वडाध्यक्ष साहको निधन >>   दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा >>   सभापति देउवाद्वारा पुइलेक विमानस्थलको निरीक्षण >>   रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता, सुनुवाइ मङ्सिर ३ गते >>   काठमाडौं अदालतले भन्यो- पशुपति/गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन >>   हिमाल आरोहण गर्न ७० देशबाट ८७० आरोहीले लिए अनुमति >>   छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरिने >>   विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्छ : अध्यक्ष नेपाल >>   ‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणमा एडिबीको सहयोग
Logo
३० कार्तिक २०८१, शुक्रबार
३० कार्तिक २०८१, शुक्रबार

उपाध्यक्ष डा.लामा र चिनियाँ राजदूत सोङविच भेटवार्ता, गुरुयोजनाका बिषयमा छलफल


लुम्बिनी। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबिच बिहीबार भेटवार्ता भएको छ । लुम्बिनीस्थित चिनियाँ विहारमा भएको भेटवार्तामा बृहत्तर लुम्बिनी क्षेत्रका बिषयमा छलफल भएको छ ।

उक्त भेटमा जापानीज वास्तुविद् केञ्जे टांगेले निर्माण गरेको गुरुयोजनाको पूर्णता, चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा आउने वातावरण बनाउने र लुम्बिनीको विकास र संरक्षण प्रवर्द्धनको सहकार्यका बिषयमा छलफल भएको उपाध्यक्ष डा. लामाले बताएका छन् । त्यस्तै, चिनियाँ विहारमा बिहीबार नै प्रसाद वितरण कार्यक्रम गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै उपाध्यक्ष डा.लामाले हजारौं चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा स्वागत गर्न आतुर रहेको बताए । राजदूत र भिक्षु गुरुलाई धन्यवाद दिँदै उपाध्यक्ष लामाले भने– ‘प्रत्येक दिन, प्रत्येक महिना हजारौं चिनियाँहरुलाई लुम्बिनीमा स्वागत गर्न पाउ, त्यो दिनको पखाईमा छौं।’ । उपाध्यक्ष लामाले आजकै दिन सुजाताले भगवान बुद्धलाई खिर खान दिएर ज्ञान प्राप्त गरेको बताउँदै यहि दिन खिर बाँड्न पाएकोमा खुशी व्यक्त गरे ।

राजदूत सोङ्गले गुरुयोजनाका सन्दर्भमा चासो राखेपछि उपाध्यक्ष डा. लामाले पूर्णता दिने तयारीमा जुटेको बताएका थिए । लुम्बिनीको गुरूयोजना पूरा हुनासाथ कपिलवस्तु र रामग्राम क्षेत्रको विकासका लागि गुरूयोजना बनाउने योजनामा रहेको समेत उपाध्यक्ष डा.लामाले बताए । उनले बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि सहकार्यका लागि आग्रह समेच गरेका छन्। सो भेटमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य राजेश शाक्य, श्याम रोक्काको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राजदूत सोङ्गले १५ सय बर्षअघि चिनियाँ यात्रीहरु गरेको पैदल यात्रा र त्यही यात्रा वितान्तले लुम्बिनी पत्ता लगाउने सहयोग गरेको स्मरण गर्दै बुद्धजन्मस्थल जस्तो पवित्र स्थलमा आएर प्रसाद वितरण गर्न पाउदा निकै खुशी लागेको बताएका छन् । उनले नेपाल र चिनबिचको सम्बन्ध हजारौं वर्षदेखि सुमधुर रहेको बताउँदै बुद्धले त्यसलाई थप जोडेको बताए । उनले विश्वमा अशान्ति भइरहेकाले बुद्धको शान्ति र अहिंसाको सन्देश सबैले ग्रहण गर्नुपर्ने बताए ।

सो कार्यक्रममा चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङले बुद्धले सुजाता खिर खाएर ज्ञान प्राप्त गरेको दिनमा लुम्बिनीमा आएर प्रसाद वितरण गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले राजदूत सोङ्ग, लुम्बिनी विकास कोषका उपाध्यक्षको उपस्थितिमा चिनियाँ भिक्षुभिक्षुणी र लुम्बिनीका स्थानीयको सहभागितामा प्रसाद बाँड्न पाउनु आफ्ना लागि अविष्मरणीय बनेको बताए ।

उपाध्यक्ष सुङ चिनियाँ नयाँ वर्षको सन्दर्भ पारेर भिक्षुभिक्षुणी र तीर्थयात्रीहरुको टोली लिएर लुम्बिनी आएका हुन् । प्रसाद वितरण कार्यक्रममा बौद्ध विश्व विद्यालय, विभिन्न विद्यालय र स्थानीयबासीहरु गरी करिब ४ जनालाई प्रसाद वितरण गरिएको थियो ।

 


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?