Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सार्वजनिक यातायात क्षेत्र सुधार गर्न सांसदको सुझाव


काठमाडौं। सांसद कुमार दसौंदीले सार्वजनिक यातायात क्षेत्र सुधार गर्न सरकारलाई सुझाव दिएका छन् । बिहीबार संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसद दसौंदीले सार्वजनिक यातायात क्षेत्र सुधार नहुँदा बर्सेनि सयौँले ज्यान गुमाउनुपरेको भन्दै सवारीको मापदण्ड राम्रो बनाउने र सडक निर्माणमा पनि ध्यान दिनुपर्ने बताएका छन् ।

उनले पुष्पलाल राजमार्ग अन्तर्गत पर्ने राजमार्ग निर्माण प्रक्रिया किन सुस्त बनेको भन्दै भौतिक मन्त्री प्रकाश ज्वालालाई प्रश्न समेत गरे । ‘बजेट नपुगेर हो कि के हो ? हामी विद्युत धेरै भयो पनि भनिरहेका छौँ तर हाम्रो मन्त्रालयले चार्जिङ स्टेसन बनाउने नीति के छ ?’, उनको प्रश्न छ ।

अर्का सांसद गोपीबहादुर सार्कीले धेरै आयोजनाको स्थलगत भ्रमण गरेको भन्दै कतिपयमा धेरै राम्रो प्रगति भएको पनि पाएको बताए । उनले सङ्घीय सरकारले गौरवका आयोजना र साना आयोजनामा बजेट सुनिश्चितता गरिदिनुपर्ने आवश्यकता देखिएको भन्दै पूर्वपश्चिम रेलमार्ग अन्तर्गत झापाको सुनसरी क्षेत्रमा जग्गा रोक्का गरेर राखिदिएको पाइएको बताए । ‘त्यहाँ मुआब्जामा ३६ अर्ब लाग्ने देखिन्छ, तर आर्थिक सुनिश्चितता नहुँदा समस्या छ’, उनको भनाइ रहेको छ ।

त्यस्तै सांसद रामचन्द राईले गौरवका आयोजना पूरा हुँदा मानिसहरूमा आशा जगाउने बताउँदै त्यसले युवाहरुमा मुलुक छोड्ने काम न्यून हुने बताए। उनले बर्दिवासदेखि चोसासम्म ७० किमी रेलमार्गको ट्र्याक बनाउने काम भइरहेको बताउँदै त्यसको काम छिटो सम्पन्न गर्न माग गरे। यसलाई अलि फरक ढंगले काम गर्नु सुझाव दिए । राईले भने, ‘झापामा हिजो ३ लाख धुरको जग्गा आज ७–८ लाख पुगिसक्यो। त्यसैले सडक रेखांकन मात्र होइन रोक्कानै गर्नुपर्यो ।’

सांसद गोपिबहादुर सार्कीले आफुहरुले धेरै आयोजनाको स्थलगत भ्रमण गरेको बताउँदै त्यसमा धेरै प्रगति भएको पाइएको बताएका छन् । संघीय सरकारले गौरवका आयोजना र साना आयोजनामा बजेट सुनिश्चितता गरिदिनुपर्ने बताए। पूर्वपश्चिम् रेलमार्ग अन्तर्गत झापाको सुनसरी क्षेत्रमा जग्गा रोक्का गरेर राखिदिएको बताउँदै जग्गाधनीले केही गर्न नपाएको समेत बताएका छन् ।

सांसद राईले हुलाकी सडकमा सडक, ढल र विद्युतीय पोलका कारण मोरङ र झापामा बाटो साँघुरिएको बताउँदै चितवनको माडीमा पुल झुन्डिएको बताए । उनले राष्ट्रिय निकुञ्जको समस्या समाधान गर्नु माग गर्दै तराईमा हुलाकी सडकले त्यहाँका बासिन्दामा आशा दिएको बताएका छन् ।

त्यस्तै सांसद इन्दिरादेवी गौतमले राजमार्गमा कुन कुन मापदण्डका मोटर गुडाउने भन्ने यकिन नहुँदा दुर्घटना भइरहेको बताइन् । उनले ठेकेदारले लामो समयसम्म ठेक्का होल्ड गर्ने माथि के कारबाही भएको छ? भन्दै प्रश्न समेत गरिन् ।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?