Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

समाचार


कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा महामन्त्री गगन थापा नजाने

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा महामन्त्री गगन थापा नजाने भएका छन् । आफूसँग सल्लाह नगरी बैठक बोलाएको भन्दै थापाले असन्तुष्टि जनाएका छन् । उक्त पार्टीको १४औं महाधिवेशनमा एउटै समूहमा रहेर सभापति शेरबहादुर देउवा पक्षसँग प्रतिस्पर्धा गरेका शेखर–गगनले सार्वजनिक प्रतिक्रिया दिँदा भने आफ्नो समूह एक रहेको बताउने

ग्लोबल आइएमईको सहायक कम्पनी जेबीएनएल सञ्चालनमा, स्टक ब्रोकर सम्बन्धी सेवा प्रदान गर्ने

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको जेबीएनएल सेक्यूरिटिज् लिमिटेडले सोमबारदेखि धितोपत्र कारोबार सम्बन्धी सेवा सुरु गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबीच सो कम्पनीको उद्घाटन गरी टीएमएस मार्फत धितोपत्र खरिद सेवाको शुभारम्भ गरेका हुन् । त्यसैगरी ग्लोबल

ओलीलाई सिन्धुपाल्चोकमा स्वागत गर्दै माओवादीले दियो मायाको चिनो

काठमाडौं। मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा सिन्धुपाल्चोक पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रले स्वागत गरेको छ । त्यसैगरी, ओलीलाई सुकुटेमा स्वागत गर्दै गरेको तस्बिर फेसबुकमा राखेर उनले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई सिन्धुपाल्चोकमा हार्दिक स्वागत ।’ गाउँपालिका अध्यक्ष तामाङले खाडिचौरमा

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४० अङ्कले ओरालो लागेर एक हजार नौ सय ४८ दशमलव ५७ मा सीमित भएको छ भने आइतबार भएको उच्च अङ्कको वृद्धि आज भने कायम हुन सकेन ।

सुदूरपश्चिममा ४ महिनामा जम्मा ८ प्रतिशत बजेट खर्च

काठमाडौं। चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा सुदूरपश्चिम प्रदेश सरकारले जम्मा ५ प्रतिशत मात्र बजेट खर्च गरेको पाइएको छ । प्रदेश सरकारले २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएकामा आर्थिक वर्षको चार महिना सकिँदा जम्मा दुई अर्ब ४० करोड ४९ लाख ५२ हजार रुपैयाँ खर्च गरेको छ

सामुदायिक वनका महिला अध्यक्ष सम्मानित

गण्डकी। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कास्कीका सामुदायिक वन उपभोक्ता समूहका १३ जना महिला अध्यक्षलाई सम्मान गरिएको छ । जिल्लास्थित सामुदायिक वन उपभोक्ता महासङ्घको आयोजना एवम् युएसएआईडि जलजङ्ग कार्यक्रमको आर्थिक सहयोगमा आज पोखरामा आयोजित एक कार्यक्रमकाबीच महिला अध्यक्षलाई सम्मान गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य देवका पहारी त्रिपाठीले महिला अध्यक्षलाई

राससको क्षमता विकास तालिम सम्पन्न

देउखुरी,दाङ। राष्ट्रिय समाचार समिति (रासस) को आयोजनामा लुम्बिनी प्रदेशस्तरीय सञ्चारकर्मीका लागि आयोजित दुईदिने क्षमता विकास तालिम सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको गृहमन्त्रालयको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । लुम्बिनी प्रदेशको गृहमन्त्रालयका कानुन शाखा प्रमुख मञ्जु पोख्रेलले प्रदेश कार्यालय सधैँ पत्रकारका पक्षमा सकारात्मक रहेको बताए । लुम्बिनी प्रदेशमा प्रशस्त सम्भावना

बागलुङका गाउँ–गाउँमा किबी खेतीको लहर

गलकोट,बागलुङ। बागलुङमा थोरै लगानीमा राम्रो आम्दानी गर्ने उत्कृष्ट फलफूल खेतीको रुपमा किबीलाई लिन थालिएको छ । पछिल्लो समय शिक्षा, रोजगारलगायत कारणले बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएपछि बाँझो खेतीयोग्य जग्गाको सदुपयोग गर्दै गाउँगाउँमा किबी खेतीको लहर चलेको हो । गाउँमा उत्पादन भएको किबी अहिले बागलुङ बजारमा देख्न सकिन्छ । केही वर्ष

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न ढङ्गबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपालका पदाधिकारीको तेस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै उनले झुठो प्रचार रोक्ने र जनतालाई सही सूचना दिने सञ्चार क्षेत्रको महत्वपूर्ण जिम्मेवारी भएको बताए । पछिल्लो

बोर्डद्वारा आईपीओमा १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन

काठमाडौं। नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आईपीओ) मा हालको १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन गरेको छ । सो बोर्ड सदस्य प्रवीणकुमार झाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो । त्यस्तै, सदस्यमा बोर्ड सदस्य भोलानाथ ढुङ्गाना, कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सहकार्यकारी निर्देशक अम्बिका गिरी रहेका छन् ।

सम्वन्धित समाचारहरु