Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सुदूरपश्चिममा ४ महिनामा जम्मा ८ प्रतिशत बजेट खर्च


काठमाडौं। चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा सुदूरपश्चिम प्रदेश सरकारले जम्मा ५ प्रतिशत मात्र बजेट खर्च गरेको पाइएको छ । प्रदेश सरकारले २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएकामा आर्थिक वर्षको चार महिना सकिँदा जम्मा दुई अर्ब ४० करोड ४९ लाख ५२ हजार रुपैयाँ खर्च गरेको छ भने जुन कुल बजेटको जम्मा ८.२५ प्रतिशत हो ।

त्यस्तै, पुँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख ६० हजार रुपैयाँ बजेट छुट्याएकामा साउनदेखि कात्तिक मशान्तसम्मको अवधिमा ८९ करोड ४५ लाख मात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । जुन कुल पुँजीगत खर्चको जम्मा ५.२५ प्रतिशत हो ।

चालुतर्फ ११ अर्ब ९४ करोड ३५ लाख ७२ हजार विनियोजन गरेकामा एक अर्ब ५१ करोड तीन लाख ९१ हजार रुपैयाँ खर्च गरेको छ भने जुन खर्च चालुतर्फ कुल विनियोजित बजेटको १२ दशमलव ६४ प्रतिशत हो ।

त्यसैगरी, गत आर्थिक वर्ष २०७९/८० को यो अवधिमा पनि प्रदेश सरकारको पुँजीगत खर्चको दर यस्तै थियो भने सो प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष पहिलो चौमासिकमा पुँजीगत तर्फ २४ अर्ब १४ करोड ८० लाख ७१ हजार विनियोजन गरिएकामा एक अर्ब २३ करोड २० लाख तीन हजार ९६९ रुपैयाँ खर्च भएको थियो ।

चालुतर्फ कुल १२ अर्ब २९ करोड ८३ लाख ९४ हजार विनियोजन गरेकोमा एक अर्ब ९६ करोड ५२ लाख ४५ हजार खर्च गरेको थियो ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?