Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

सुदूरपश्चिममा ४ महिनामा जम्मा ८ प्रतिशत बजेट खर्च


काठमाडौं। चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा सुदूरपश्चिम प्रदेश सरकारले जम्मा ५ प्रतिशत मात्र बजेट खर्च गरेको पाइएको छ । प्रदेश सरकारले २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएकामा आर्थिक वर्षको चार महिना सकिँदा जम्मा दुई अर्ब ४० करोड ४९ लाख ५२ हजार रुपैयाँ खर्च गरेको छ भने जुन कुल बजेटको जम्मा ८.२५ प्रतिशत हो ।

त्यस्तै, पुँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख ६० हजार रुपैयाँ बजेट छुट्याएकामा साउनदेखि कात्तिक मशान्तसम्मको अवधिमा ८९ करोड ४५ लाख मात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । जुन कुल पुँजीगत खर्चको जम्मा ५.२५ प्रतिशत हो ।

चालुतर्फ ११ अर्ब ९४ करोड ३५ लाख ७२ हजार विनियोजन गरेकामा एक अर्ब ५१ करोड तीन लाख ९१ हजार रुपैयाँ खर्च गरेको छ भने जुन खर्च चालुतर्फ कुल विनियोजित बजेटको १२ दशमलव ६४ प्रतिशत हो ।

त्यसैगरी, गत आर्थिक वर्ष २०७९/८० को यो अवधिमा पनि प्रदेश सरकारको पुँजीगत खर्चको दर यस्तै थियो भने सो प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष पहिलो चौमासिकमा पुँजीगत तर्फ २४ अर्ब १४ करोड ८० लाख ७१ हजार विनियोजन गरिएकामा एक अर्ब २३ करोड २० लाख तीन हजार ९६९ रुपैयाँ खर्च भएको थियो ।

चालुतर्फ कुल १२ अर्ब २९ करोड ८३ लाख ९४ हजार विनियोजन गरेकोमा एक अर्ब ९६ करोड ५२ लाख ४५ हजार खर्च गरेको थियो ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?