Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा महामन्त्री गगन थापा नजाने


काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा महामन्त्री गगन थापा नजाने भएका छन् । आफूसँग सल्लाह नगरी बैठक बोलाएको भन्दै थापाले असन्तुष्टि जनाएका छन् ।

उक्त पार्टीको १४औं महाधिवेशनमा एउटै समूहमा रहेर सभापति शेरबहादुर देउवा पक्षसँग प्रतिस्पर्धा गरेका शेखर–गगनले सार्वजनिक प्रतिक्रिया दिँदा भने आफ्नो समूह एक रहेको बताउने गरेका छन् । महामन्त्री थापानिकट नेताहरुले भने मधेशमा कार्यक्रम तय भइसकेकाले अनुपस्थित हुने बताएका छन् भने नेता कोइरालाले आफू पक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति, १४ औं महाधिवेशनमा पदाधिकारीका उम्मेदवार लगायतलाई मंगलबार छलफलमा बोलाएका छन् ।

त्यसैगरी, केन्द्रीय सदस्य मधु आचार्यले उक्त छलफलबारे शेखर–गगनबीच सल्लाह नभएको जानकारी पाएको बताए । ‘गगनजीको मधेशमा कार्यक्रम पहिले नै फिक्स भएको रहेछ । कुन दिन बैठक गर्ने भनेर छलफल पनि भएको रहेनछ’, उनले भने, ‘सल्लाह गरेर बैठक बोलाइएको पनि होइन रहेछ ।’

सो पार्टीको आसन्न महासमिति बैठकका विषयमा छलफल गर्न समूहको बैठक बोलाइएको शेखर पक्षको भनाइ रहेको छ । उक्त महासमिति बैठकबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले २९ मंसिरमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् भने शेखरले त्यसअघि नै आफूपक्षका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?