Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा महामन्त्री गगन थापा नजाने


काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा महामन्त्री गगन थापा नजाने भएका छन् । आफूसँग सल्लाह नगरी बैठक बोलाएको भन्दै थापाले असन्तुष्टि जनाएका छन् ।

उक्त पार्टीको १४औं महाधिवेशनमा एउटै समूहमा रहेर सभापति शेरबहादुर देउवा पक्षसँग प्रतिस्पर्धा गरेका शेखर–गगनले सार्वजनिक प्रतिक्रिया दिँदा भने आफ्नो समूह एक रहेको बताउने गरेका छन् । महामन्त्री थापानिकट नेताहरुले भने मधेशमा कार्यक्रम तय भइसकेकाले अनुपस्थित हुने बताएका छन् भने नेता कोइरालाले आफू पक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति, १४ औं महाधिवेशनमा पदाधिकारीका उम्मेदवार लगायतलाई मंगलबार छलफलमा बोलाएका छन् ।

त्यसैगरी, केन्द्रीय सदस्य मधु आचार्यले उक्त छलफलबारे शेखर–गगनबीच सल्लाह नभएको जानकारी पाएको बताए । ‘गगनजीको मधेशमा कार्यक्रम पहिले नै फिक्स भएको रहेछ । कुन दिन बैठक गर्ने भनेर छलफल पनि भएको रहेनछ’, उनले भने, ‘सल्लाह गरेर बैठक बोलाइएको पनि होइन रहेछ ।’

सो पार्टीको आसन्न महासमिति बैठकका विषयमा छलफल गर्न समूहको बैठक बोलाइएको शेखर पक्षको भनाइ रहेको छ । उक्त महासमिति बैठकबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले २९ मंसिरमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् भने शेखरले त्यसअघि नै आफूपक्षका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?