Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

राससको क्षमता विकास तालिम सम्पन्न


देउखुरी,दाङ। राष्ट्रिय समाचार समिति (रासस) को आयोजनामा लुम्बिनी प्रदेशस्तरीय सञ्चारकर्मीका लागि आयोजित दुईदिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशको गृहमन्त्रालयको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । लुम्बिनी प्रदेशको गृहमन्त्रालयका कानुन शाखा प्रमुख मञ्जु पोख्रेलले प्रदेश कार्यालय सधैँ पत्रकारका पक्षमा सकारात्मक रहेको बताए । लुम्बिनी प्रदेशमा प्रशस्त सम्भावना रहेको र ती कुरालाई सञ्चारकर्मीले उठाउनुपर्ने उनको भनाइ रहेको थियो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले लुम्बिनी प्रदेशका समाचार बन्नसक्ने विषयका बारेमा चर्चा गरेका थिए । शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटनलगायत विषयका बारेमा उनले जानकारी गराए भने ओझेलमा परेका र सम्भावना रहेका विषयलाई प्राथमिकता दिएर समाचार लेख्न अध्यक्ष पोख्रेलले आग्रह समेत गरेका छन् । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पत्रकार सधैँ सक्रिय भएर काम गर्नुपर्ने बताए । सकारात्मक र निष्पक्ष भएर काम गर्न उनले आग्रह गरेका छन् ।

राससका महाप्रबन्धक सिद्धराज राईले राससमा प्रयोग हुने शब्द, आचारसंहितालगायत बारेमा जानकारी गराएका थिए । त्यस्तै, राससका प्रमुख समाचारदाता उत्तम सिल्वालले समाचार लेख्दा सत्यतथ्य र छिटोछरितोमा ध्यान दिन आग्रह समेत गरे ।

त्यसैगरी, जनचासोका विषयलाई समाचार बनाउनुपर्नेमा उनले जोड दिए । सो अवसरमा रासस लुम्बिनी प्रदेश प्रमुख भरत केसीले समेत आफ्नो धारणा राखेका थिए भने सो कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट राससमा आबद्ध संवाददाता सहभागी थिए ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?