Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

राससको क्षमता विकास तालिम सम्पन्न


देउखुरी,दाङ। राष्ट्रिय समाचार समिति (रासस) को आयोजनामा लुम्बिनी प्रदेशस्तरीय सञ्चारकर्मीका लागि आयोजित दुईदिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशको गृहमन्त्रालयको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । लुम्बिनी प्रदेशको गृहमन्त्रालयका कानुन शाखा प्रमुख मञ्जु पोख्रेलले प्रदेश कार्यालय सधैँ पत्रकारका पक्षमा सकारात्मक रहेको बताए । लुम्बिनी प्रदेशमा प्रशस्त सम्भावना रहेको र ती कुरालाई सञ्चारकर्मीले उठाउनुपर्ने उनको भनाइ रहेको थियो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले लुम्बिनी प्रदेशका समाचार बन्नसक्ने विषयका बारेमा चर्चा गरेका थिए । शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटनलगायत विषयका बारेमा उनले जानकारी गराए भने ओझेलमा परेका र सम्भावना रहेका विषयलाई प्राथमिकता दिएर समाचार लेख्न अध्यक्ष पोख्रेलले आग्रह समेत गरेका छन् । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पत्रकार सधैँ सक्रिय भएर काम गर्नुपर्ने बताए । सकारात्मक र निष्पक्ष भएर काम गर्न उनले आग्रह गरेका छन् ।

राससका महाप्रबन्धक सिद्धराज राईले राससमा प्रयोग हुने शब्द, आचारसंहितालगायत बारेमा जानकारी गराएका थिए । त्यस्तै, राससका प्रमुख समाचारदाता उत्तम सिल्वालले समाचार लेख्दा सत्यतथ्य र छिटोछरितोमा ध्यान दिन आग्रह समेत गरे ।

त्यसैगरी, जनचासोका विषयलाई समाचार बनाउनुपर्नेमा उनले जोड दिए । सो अवसरमा रासस लुम्बिनी प्रदेश प्रमुख भरत केसीले समेत आफ्नो धारणा राखेका थिए भने सो कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट राससमा आबद्ध संवाददाता सहभागी थिए ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?