Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

सामुदायिक वनका महिला अध्यक्ष सम्मानित


गण्डकी। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कास्कीका सामुदायिक वन उपभोक्ता समूहका १३ जना महिला अध्यक्षलाई सम्मान गरिएको छ । जिल्लास्थित सामुदायिक वन उपभोक्ता महासङ्घको आयोजना एवम् युएसएआईडि जलजङ्ग कार्यक्रमको आर्थिक सहयोगमा आज पोखरामा आयोजित एक कार्यक्रमकाबीच महिला अध्यक्षलाई सम्मान गरिएको हो ।

गण्डकी प्रदेशसभा सदस्य देवका पहारी त्रिपाठीले महिला अध्यक्षलाई सम्मानपत्रले सम्मान गर्दैै प्राप्त अधिकारको उपयोग गरी थप अधिकारका लागि सम्पूर्ण महिला सङ्गठित भएर अघि बढ्नुको विकल्प नभएको बताइन् । धार्मिक एवम् सांस्कृतिका आधारमा हुने हिंसाको अन्त्यका लागि प्रत्येक व्यक्ति तथा घरबाटै सुरुवात गर्नुपर्नेमा जोड दिंँदै उनले महिला नेतृत्व विकासमा सामुदायिक वनले महत्त्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख समेत गरेकी छन् ।

‘हरियो वन नेपालको धन’ भन्ने युक्तिलाई चरितार्थ गर्नका लागि सर्वसुलभ उपयोग नीति निर्माण गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउँदै त्रिपाठीले स्वदेशी काठ वनमै कुहिएर खेर जाने र वार्षिकरुपमा खर्बौ मूल्य बराबरको विदेश काठ आयात हुने परिस्थितको अन्त्य हुनुपर्ने आवश्यकता औँल्याइन् ।

त्यसैगरी, जिल्ला समन्वय समितिका उपप्रमुख एवम् फेकोफनका केन्द्रीय सदस्य सरिता कुमालले झड्किलो दाइजो प्रथाले समाजमा दिनप्रदिन हिंसा बढाएको बताउँदै त्यसको अन्त्यका लागि सिङ्गो समाज सचेत हुनुपर्नेमा समेत जोड दिइन् ।

महासङ्घका केन्द्रीय सदस्य हरि बाँस्तोलाले घर र समाजमा हुने लैङ्गिक हिंसा अन्त्यका लागि शिक्षा र रोजगारीमा जोड दिनुपर्ने आवश्यकता औल्याउँदै वनलाई समृद्धिको आधार बनाइनुपर्ने बताएका छन् । वन महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले मुलुकका २२ हजार चार सय १५ सामुदायिक वन समूहले वनको संरक्षण, सम्वद्र्धन र विकासमा खेलेको भूमिकाको कारण आज नेपाल विश्वसामु सामूदायिक वनको देशका रुपमा परिचित भएको बताए ।

उक्त महासङ्घका अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा युएसएआइडी जलजङ्गल कार्यक्रमका सुनिल चौधरी, जिल्ला महासङ्घका सचिव पर्वती सुवेदी, महासङ्घ मादी गाउँपालिका अध्यक्ष सिर्जना पौडेललगायतले समाजको लैङ्गिक हिंसाको आवस्था र चुनौतीका बारेमा चर्चा गरेका थिए ।

त्यस्तै, ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लागानीको एकेबद्धता’ भन्ने मूल नाराका साथै ‘म हिंसा गर्दिन र सहन्न’ भन्ने सामूहिक प्रतिबद्धताबाट सुरु भएको कार्यक्रममा वन महासङ्घका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय महासङ्घका पदाधिकारी तथा सदस्य, विभिन्न समूहका अध्यक्ष एवम् सचिव र सहयोगी संस्थाका प्रतिनिधिसहित ७० जनाको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?