Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

ओलीलाई सिन्धुपाल्चोकमा स्वागत गर्दै माओवादीले दियो मायाको चिनो


काठमाडौं। मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा सिन्धुपाल्चोक पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रले स्वागत गरेको छ ।

त्यसैगरी, ओलीलाई सुकुटेमा स्वागत गर्दै गरेको तस्बिर फेसबुकमा राखेर उनले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई सिन्धुपाल्चोकमा हार्दिक स्वागत ।’ गाउँपालिका अध्यक्ष तामाङले खाडिचौरमा आयोजित आमसभा स्थलमा पुगेर स्वागतसहित मायाको चिनो दिएका छन् ।

उक्त माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष तथा प्रदेशसभा सांसद सरल सहयात्री र बलेफी गाउँपालिकाका अध्यक्ष गङ्गाबहादुर तामाङले ओलीसहितको एमाले टोलीलाई स्वागत गरेका हुन् । अध्यक्ष तामाङ गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

त्यस्तै, बैतडीको झुलाघाटबाट सङ्कल्प यात्रा थालेको एमालेको टोली आज १२औँ दिनमा सिन्धुपाल्चोक आइपुगेको छ भने खाडिचौरमा सभा गरेर आजै रामेछापको मन्थली पुग्ने एमालेको तयारी रहेको छ ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?