Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

ओलीलाई सिन्धुपाल्चोकमा स्वागत गर्दै माओवादीले दियो मायाको चिनो


काठमाडौं। मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा सिन्धुपाल्चोक पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रले स्वागत गरेको छ ।

त्यसैगरी, ओलीलाई सुकुटेमा स्वागत गर्दै गरेको तस्बिर फेसबुकमा राखेर उनले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई सिन्धुपाल्चोकमा हार्दिक स्वागत ।’ गाउँपालिका अध्यक्ष तामाङले खाडिचौरमा आयोजित आमसभा स्थलमा पुगेर स्वागतसहित मायाको चिनो दिएका छन् ।

उक्त माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष तथा प्रदेशसभा सांसद सरल सहयात्री र बलेफी गाउँपालिकाका अध्यक्ष गङ्गाबहादुर तामाङले ओलीसहितको एमाले टोलीलाई स्वागत गरेका हुन् । अध्यक्ष तामाङ गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

त्यस्तै, बैतडीको झुलाघाटबाट सङ्कल्प यात्रा थालेको एमालेको टोली आज १२औँ दिनमा सिन्धुपाल्चोक आइपुगेको छ भने खाडिचौरमा सभा गरेर आजै रामेछापको मन्थली पुग्ने एमालेको तयारी रहेको छ ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?