Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट


काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४० अङ्कले ओरालो लागेर एक हजार नौ सय ४८ दशमलव ५७ मा सीमित भएको छ भने आइतबार भएको उच्च अङ्कको वृद्धि आज भने कायम हुन सकेन ।

त्यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ३३ अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ४१ मा सीमित भएको छ भने कूल एक करोड ४६ लाख ९८ हजार पाँच सय १७ कित्ता शेयर रू चार अर्ब ८४ करोड २७ लाख ७४ हजार तीन सय ८६ मूल्यमा खरिदबिक्री भएका छन् ।

उक्त कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रू २५ करोड १५ लाख ६० हजार छ सय सात बराबरको कारोबार भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रू १६ करोड ५७ लाख ६६ हजार आठ सय ६०, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रू १४ करोड ५६ लाख ७६ हजार नौ सय ८८, माउण्टेन इनर्जी रू १४ करोड ४० लाख ६९ हजार नौ सय २१ र शिवम् सिमेन्ट रू १३ करोड ७३ लाख १७ हजार दुई सय ६१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

त्यस्तै, नेप्सेका अनुसार, बोटलर्स नेपाल बालाजु, सामुदायिक लघुवित्त, डोल्टी पावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ भने हाथवे इन्भेस्टमेन्ट नौ दशमलव ९० र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले नौ दशमलव ६० प्रतिशतले कमाएका छन् ।

समता घरेलु लघुवित्त सात दशमलव १५, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलव ८७, स्वाभिमान लघुवित्त पाँच दशमलव ४७, एशियन हाइड्रोपावर पाँच दशमलव ३८ र अपर स्याङ्गे हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव २६ प्रतिशतले गुमाएका छन् ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?