Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

समाचार


गुगलमा यस वर्ष सर्वाधिक खोजिए फिल्म ‘बार्बी’ र गायिका शकिरा

काठमाडौं। यदि गुगलको वर्ष समीक्षालाई विश्वास गर्ने हो भने सन् २०२३ ठूला फिल्म र सेलिब्रिटीको मृत्युको वर्ष थियो । ‘बार्बी’ र ‘ओपेनहाइमर’ यस वर्ष गुगलमा धेरै खोजिने फिल्म बने । फुटबल खेलाडीहरु केलियन एमबाप्पे र ह्यारी केनलाई धेरै खोजियो भने शकिरा संगीतमा धेरै खोजिने सेलिब्रेटी बनिन् । त्यस्तै, गायिका शकिरा

टेलिश्रृंखला ‘सिन्दूर’ १८ वर्षपछि पुनः दर्शकमाझ आउँदै

काठमाडौं। अभिनेत्री तथा निर्मात्री प्रज्ञा जोशीले १८ वर्षपछि पुनः टेलिभिजन श्रृंखला ‘सिन्दूर’ निर्माण गर्ने भएकी छन् । शुक्रबार भद्रकाली मन्दिरमा शुभसाइत पूजा गर्दै उनले यसबारे जानकारी दिइन् । उक्त सिरियल सामाजिक–पारिवारिक कथावस्तुले नेपाली दर्शकमाझ चर्चित छ भने प्रसारण हुने टेलिभिजनबारे अहिले बताइएको छैन । त्यस्तै, नयाँपुस्ताको रुचिलाई ध्यानमा राख्दै सिरिज

इन्जिनियरिङ लाइसेन्स परीक्षामा ४७.१७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण

काठमाडौं। साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता (इन्जिनियरिङ लाइसेन्स) परीक्षामा जम्मा ४७.१७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । बिहीबार नेपाल इन्जिनियरिङ परिषद्ले सार्वजनिक गरेको नतिजा अनुसार ५ हजार ८२१ जना परीक्षार्थी मध्ये दुई हजार ७४६ जनाले लाइसेन्स परीक्षा पास गरेका छन् । उक्त परिषद्ले लाइसेन्स परीक्षा लिएको यो तेस्रो

राजतन्त्रको विरोध गरेको आरोपमा थाइल्याण्डकी सांसद श्रीनोकलाई ६ वर्ष जेल

काठमाडाैं। थाइल्याण्डमा विपक्षी दल मुभ फर्वार्ड पार्टीकी सांसद रक्छनोक श्रीनोकलाई ६ वर्षको जेल सजाय सुनाइएको छ । राजतन्त्रको विरोध गरेको अभियोगमा २९ वर्षीया श्रीनोकलाई त्यहाँको फौजदारी अदालतले बुधबार जेल सजाय सुनाएको हो । त्यसैगरी, सिएनएनका अनुसार सन् २०२० मा श्रीनोकले सामाजिक सञ्जालमा लेखेको विषयलाई आधार बनाएर अपराध संहिताको धारा ११२

पार्टी सदस्यको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन जसपाको सर्कुलर

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सदस्यता वितरण तथा नवीकरणको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकका निर्णय सर्कुलर गर्दै जसपाले सबै मातहत समितिलाई यथाशीघ्र सदस्यहरूको अभिलेख पठाउन परिपत्र जारी गरेको सो पार्टीका केन्द्रीय प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए

विपद्को जोखिममा बालबालिका

काठमाडौं। जलवायु परिवर्तनसँग सम्बन्धित विपद्को असरबाट सबैभन्दा बढी बालबालिका जोखिममा पर्ने गरेका छन् । महामारी, हिमपात, शीतलहर, बाढी तथा पहिरो, हावाहुरी, आगलागीलगायत प्राकृतिक विपद्बाट आर्थिक वर्ष २०७९/८० मा मुलुकभर पीडित बालबालिकाको सङ्ख्या तीन हजार दुई सय ४४ पुगेको छ । जसमा सबैभन्दा बढी दुई हजार दुई सय ३१ बालबालिका महामारीका

महोत्तरीमा विवाह पञ्चमीको मटकोर विधि सम्पन्न

जलेश्वर,महोत्तरी। मिथिलाञ्चलको सप्ताहव्यापी विवाह पञ्चमी उत्सवअन्तर्गत गए राति महोत्तरीको मटिहानी नगरपालिकामा भगवान् रामचन्द्र र माता सीताको मटकोर विधि सम्पन्न भएको छ । मिथिलामा विवाहअघि मटकोटर विधि मनाउने परम्पराअन्तर्गत मटिहानीमा रहेको प्रसिद्ध लक्ष्मीनारायण मठमा गए राति मटकोर विधि सम्पन्न भएको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ रवीन्द्रदास वैष्णवले बताए । उनका अनुसार मिथिलाको

फिफा द वेस्ट अवार्डका लागि मेसी, एमबाप्पे र हालान्ड मनोनयनमा

काठमाडौं। फिफा द वेस्ट अवार्डका लागि फिफाले उत्कृष्ट पुरुष तथा महिला खेलाडीको विधाको मनोनयनमा परेका तीन–तीन खेलाडीको नाम सार्वजनिक गरेको छ। आगामी १५ जनावरीमा इंग्ल्यान्डको लन्डनमा विजेता घोषणा गर्नका लागि फिफाले महिला र पुरुष खेलाडीको नाम सार्वजनिक गरेको हो । मनोनयनमा परेका महिला खेलाडीहरूमा आइटाना बोनमाटी (स्पेन र एफसी बार्सिलोना),

राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्ने सचिव लम्सालको प्रतिबद्धता

काठमाडौं। नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उक्त परराष्ट्र मन्त्रालयमा आज पद बहाली गरेपछि सङ्क्षिप्त कुरा गर्दै उनले सरकारले सुम्पेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने दृढता व्यक्त गरिन् । “मन्त्रालयका सबै सहकर्मीको साथ र सहयोगमा सरकारले

दीर्घ रोगीहरूलाई तीन महिनाको औषधि एकै पटक दिने निर्णय

काठमाडौं। स्वास्थ्य बीमा बोर्डको नयाँ नेतृत्व आएपछि अस्तव्यस्त बन्दै गएको कार्यक्रमलाई लयमा ल्याउने प्रयास भएको छ । गत आइतबारदेखि जिम्मेवारी समालेका बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बुधबार बैठक राखेर केही महत्त्वपूर्ण निर्णय गरेका छन् । स्वास्थ्य बीमा सुधार कार्यक्रमका लक्षित ८ वटा निर्णय भएको बोर्डले जनाएको छ । उक्त बोर्डका

सम्वन्धित समाचारहरु