Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

राजतन्त्रको विरोध गरेको आरोपमा थाइल्याण्डकी सांसद श्रीनोकलाई ६ वर्ष जेल


काठमाडाैं। थाइल्याण्डमा विपक्षी दल मुभ फर्वार्ड पार्टीकी सांसद रक्छनोक श्रीनोकलाई ६ वर्षको जेल सजाय सुनाइएको छ । राजतन्त्रको विरोध गरेको अभियोगमा २९ वर्षीया श्रीनोकलाई त्यहाँको फौजदारी अदालतले बुधबार जेल सजाय सुनाएको हो ।

त्यसैगरी, सिएनएनका अनुसार सन् २०२० मा श्रीनोकले सामाजिक सञ्जालमा लेखेको विषयलाई आधार बनाएर अपराध संहिताको धारा ११२ अनुसार सजाय सुनाएको हो भने थाइल्याण्डको फौजदारी अदालतले श्रीनोकले कम्प्युटर अपराध ऐन उल्लङ्घन गरेको ठहर गरेको छ । यद्यपि श्रीनोकले आफूलाई जमानतमा छोड्न गरेको अपिललाई अदालतले स्वीकार गरेको छ ।

उनले फेसबुकमा लेख्दै आफू काममा फर्किएको बताएकी छन् । थाइल्याण्डमा राजा, रानी र उनीहरूका उत्तराधिकारीको विरोध गर्दा १५ वर्षसम्म जेल सजाय हुने व्यवस्था रहेको छ ।

त्यस्तै, मानवअधिकारवादी थाइ वकिलहरूको संस्थाका अनुसार श्रीनोकले २०२० मा कोभिडको खोपको खरिदबारे विरोध जनाउँदै एक्स (ट्वीटर) मा स्ट्याटस लेखेकी थिइन् । खोप खरिद गर्ने कम्पनी राजसँग सम्बन्धित थियो। उनले राजतन्त्रको विरोधमा गरिएको ट्वीटलाई पनि रिट्वीट गरेकी थिइन् ।

त्यसैगरी, श्रीनोक २०२३ मा मात्रै राजनीतिमा प्रवेश गरेकी थिइन् । त्यसअघि उनी सामाजिक अभियन्ता र सरकारको आलोचक थिइन् ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?