Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

महोत्तरीमा विवाह पञ्चमीको मटकोर विधि सम्पन्न


जलेश्वर,महोत्तरी। मिथिलाञ्चलको सप्ताहव्यापी विवाह पञ्चमी उत्सवअन्तर्गत गए राति महोत्तरीको मटिहानी नगरपालिकामा भगवान् रामचन्द्र र माता सीताको मटकोर विधि सम्पन्न भएको छ ।
मिथिलामा विवाहअघि मटकोटर विधि मनाउने परम्पराअन्तर्गत मटिहानीमा रहेको प्रसिद्ध लक्ष्मीनारायण मठमा गए राति मटकोर विधि सम्पन्न भएको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ रवीन्द्रदास वैष्णवले बताए । उनका अनुसार मिथिलाको धार्मिक विधिअनुसार महिलाहरुले विवाहको गीत गाउँदै लक्ष्मीनारायण मठको लक्ष्मी सागर (पोखरी) मा पुगी भगवान् सीताको प्रतीक रहेका मूर्तिलाई नुहाई माटो उत्खनन गरेका थिए ।
त्यस्तै, मिथिलाको वैवाहिक पद्धतिमा तिलकोत्सव तथा मटकोर महत्त्वपूर्ण विधि हो । मटकोरको दिन लक्ष्मीसागरबाट खनेर लगेको माटोबाट विवाह पञ्चमीका दिन जनकपुरमा भगवान् राम र माता सीताको विवाहका लागि यज्ञवेदी निर्माण गरिन्छ । सोही यज्ञवेदीमा आउँदो आइतबार राति धुमधामका साथ विशेष कार्यक्रमबीच रामसीताको शुभविवाह कार्यक्रम हुने वैष्णवले जानकारी दिए ।
उनका अनुसार साधु सेवा समिति जनकपुरको आयोजनामा मटकोरका लागि जनकपुरबाट तीन दिनअघि निस्केको रथयात्राले भारतको कलानेश्वर, फुलहर हुँदै महोत्तरीको मटिहानी पुगेर गए राति मटकोर विधि सम्पन्न गरेको हो । यज्ञवेदीका लागि खनिएको माटो लिएर सो रथयात्रा महोत्तरीको जलेश्वर, प्रकौली, पिपरा हुँदै आज विवाह पञ्चमीका लागि जनकपुर जानेछ ।
त्यसैगरी, प्राचीन धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार त्रेतायुगमा भगवान् राम र माता सीताको विवाह हुँदा यज्ञवेदी निर्माण गर्न महोत्तरीको मटिहानीस्थित लक्ष्मीसागरबाट पवित्र माटो लगेका थिए र त्यही बेलादेखि मटिहानीमा बर्सेनि रामजानकी विवाह महोत्सवमा मटकोर विधि गरिने प्रचलन रहेको छ ।

प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?