Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

महोत्तरीमा विवाह पञ्चमीको मटकोर विधि सम्पन्न


जलेश्वर,महोत्तरी। मिथिलाञ्चलको सप्ताहव्यापी विवाह पञ्चमी उत्सवअन्तर्गत गए राति महोत्तरीको मटिहानी नगरपालिकामा भगवान् रामचन्द्र र माता सीताको मटकोर विधि सम्पन्न भएको छ ।
मिथिलामा विवाहअघि मटकोटर विधि मनाउने परम्पराअन्तर्गत मटिहानीमा रहेको प्रसिद्ध लक्ष्मीनारायण मठमा गए राति मटकोर विधि सम्पन्न भएको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ रवीन्द्रदास वैष्णवले बताए । उनका अनुसार मिथिलाको धार्मिक विधिअनुसार महिलाहरुले विवाहको गीत गाउँदै लक्ष्मीनारायण मठको लक्ष्मी सागर (पोखरी) मा पुगी भगवान् सीताको प्रतीक रहेका मूर्तिलाई नुहाई माटो उत्खनन गरेका थिए ।
त्यस्तै, मिथिलाको वैवाहिक पद्धतिमा तिलकोत्सव तथा मटकोर महत्त्वपूर्ण विधि हो । मटकोरको दिन लक्ष्मीसागरबाट खनेर लगेको माटोबाट विवाह पञ्चमीका दिन जनकपुरमा भगवान् राम र माता सीताको विवाहका लागि यज्ञवेदी निर्माण गरिन्छ । सोही यज्ञवेदीमा आउँदो आइतबार राति धुमधामका साथ विशेष कार्यक्रमबीच रामसीताको शुभविवाह कार्यक्रम हुने वैष्णवले जानकारी दिए ।
उनका अनुसार साधु सेवा समिति जनकपुरको आयोजनामा मटकोरका लागि जनकपुरबाट तीन दिनअघि निस्केको रथयात्राले भारतको कलानेश्वर, फुलहर हुँदै महोत्तरीको मटिहानी पुगेर गए राति मटकोर विधि सम्पन्न गरेको हो । यज्ञवेदीका लागि खनिएको माटो लिएर सो रथयात्रा महोत्तरीको जलेश्वर, प्रकौली, पिपरा हुँदै आज विवाह पञ्चमीका लागि जनकपुर जानेछ ।
त्यसैगरी, प्राचीन धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार त्रेतायुगमा भगवान् राम र माता सीताको विवाह हुँदा यज्ञवेदी निर्माण गर्न महोत्तरीको मटिहानीस्थित लक्ष्मीसागरबाट पवित्र माटो लगेका थिए र त्यही बेलादेखि मटिहानीमा बर्सेनि रामजानकी विवाह महोत्सवमा मटकोर विधि गरिने प्रचलन रहेको छ ।

प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?