Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

टेलिश्रृंखला ‘सिन्दूर’ १८ वर्षपछि पुनः दर्शकमाझ आउँदै


काठमाडौं। अभिनेत्री तथा निर्मात्री प्रज्ञा जोशीले १८ वर्षपछि पुनः टेलिभिजन श्रृंखला ‘सिन्दूर’ निर्माण गर्ने भएकी छन् । शुक्रबार भद्रकाली मन्दिरमा शुभसाइत पूजा गर्दै उनले यसबारे जानकारी दिइन् । उक्त सिरियल सामाजिक–पारिवारिक कथावस्तुले नेपाली दर्शकमाझ चर्चित छ भने प्रसारण हुने टेलिभिजनबारे अहिले बताइएको छैन ।

त्यस्तै, नयाँपुस्ताको रुचिलाई ध्यानमा राख्दै सिरिज बनाउन लागेको उनले बताइन् । सिरियलमा नयाँपुस्ताका कलाकार समेटिने जोशीले बताइन् । ‘अहिले पनि यो सिरियल सान्दर्भिक रहेकाले उत्कृष्ट बनाउने कोसिस गर्नेछु,’ जोशीले भनिन् ।

सो सिरियललाई विनयराज पौडेलले लेखन तथा निर्देशन गर्नेछन् । दशकअघि उनले ‘सिन्दूर’ नामक फिल्ममा सहायक निर्देशनको काम गरेका थिए ।

त्यस्तै, प्रज्ञा फिल्म्सले निर्माण गर्ने सिरियलमा जोशीसहित नवीन श्रेष्ठ, लक्ष्मी भुसाल, प्रदीपराज गिरी, अश्मी थापा, दीपेन्द्र सोनाम, स्नेहा पौडेल, पूर्णिमा जीएम, टेकेन्द्र न्यौपाने, पवन केसीको अभिनय हुनेछ भने मदन कश्यप घिमिरेको छायांकन, लय संग्रौलाको गीत लेखन र सम्राट थापाको संगीत रहनेछ ।

त्यसैगरी, शुभसाइत समारोहमा कलाकार रवीन्द्र खड्का, निर्देशकहरु जनकदीप पराजुली, घनश्याम लामिछाने, ऋषि लामिछाने र लेखक प्रदीप भारद्वाज उपस्थित थिए । यो सिरियलमा विनयराज पौडेलको लेखन तथा निर्देशन रहनेछ ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?