Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

इन्जिनियरिङ लाइसेन्स परीक्षामा ४७.१७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण


काठमाडौं। साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता (इन्जिनियरिङ लाइसेन्स) परीक्षामा जम्मा ४७.१७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । बिहीबार नेपाल इन्जिनियरिङ परिषद्ले सार्वजनिक गरेको नतिजा अनुसार ५ हजार ८२१ जना परीक्षार्थी मध्ये दुई हजार ७४६ जनाले लाइसेन्स परीक्षा पास गरेका छन् ।

उक्त परिषद्ले लाइसेन्स परीक्षा लिएको यो तेस्रो पटक हो । सो परिषद्का रजिष्ट्रार शिवमंगल गिरीले नतिजामा सुधार देखिएको बताएका छन् ।

उनले भने, ‘मिहेनत नगरी नहुने रहेछ भन्ने बुझ्न थालेकोले नतिजामा सुधार आउन थालेको छ ।’ परिषद्ले लिएको पहिलो परीक्षामा जम्मा २८ प्रतिशत र दोस्रोमा ३४ प्रतिशत परीक्षार्थीले मात्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेका थिए ।

उक्त परिषद्ले १५ जना परीक्षार्थीको नतिजा स्थगित गरेको जनाएको छ भने सो परिषद्ले २२ मंसिरदेखि २८ गतेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोकमा परीक्षा संचालन गरेको थियो ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?