Trending
>>   महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा >>   विश्व मधुमेह दिवसमा निःशुल्क स्वास्थ्य शिविर >>   छठका लागि स्वदेशी केराको भर, मूल्यमा भने उपभोक्ताको गुनासो >>   ह्वाइट हाउसनजिक गोली चल्दा एक जनाको मृत्यु, चार घाइते >>   रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी >>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग
Logo
२८ कार्तिक २०८३, शनिबार
२८ कार्तिक २०८३, शनिबार

महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा


काठमाडौं । जनकपुरधामस्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा सञ्चालन हुने भएको छ ।

लामो समयदेखि शहरी विकास मन्त्रालयको नियन्त्रणमा रहेको उक्त केन्द्रलाई थप प्रभावकारी बनाउन सरकारले विश्वविद्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेसँगै मिथिला संस्कृतिको अध्ययन र अनुसन्धानमा नयाँ आयाम थपिने अपेक्षा गरिएको हो । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले शनिवार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै यस निर्णयले मिथिला संस्कृतिको प्रवद्र्धनमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । उनले केन्द्रलाई विश्वविद्यालय मातहत ल्याउन महत्वपूर्ण भुमिका खेल्नेहरु प्रधानमन्त्री बालेन्द्र साहसहित अन्य मन्त्रीप्रति आभार प्रकट गरेका छन् । नेता निधीको पहलमा भएको यस निर्णयपछि अब केन्द्रको प्रशासनिक र शैक्षिक कार्यसञ्चालनको जिम्मा राजर्षि जनक विश्वविद्यालयको हुनेछ । यसअघि शहरी विकास मन्त्रालयअन्तर्गत रहेको यस भवनमा अब मिथिला संस्कृतिको अध्ययन, अनुसन्धान र पठनपाठनका कार्यक्रमहरू अघि बढाइनेछन् । जनकपुरधामस्थित शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले हालै विश्वविद्यालयलाई यससम्बन्धी औपचारिक पत्र पठाइसकेको छ ।

उनले भने, ‘आज मेरो लागि मात्र होइन, हामी सबैका लागि खुशी र गर्वको दिन हो । महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र अहिलेसम्म शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुँदै आएकोमा मेरो अग्रसरता, साथीहरूको प्रयास र राजर्षि जनक विश्वविद्यालयको सहयोगमा अबदेखि यसको शैक्षिक तथा प्रशासनिक सञ्चालन विश्वविद्यालयको मातहतमा रहने निर्णय भएको छ । मिथिला संस्कृतिको अध्ययन, अनुसन्धान, पठनपाठन र प्रवद्र्धनका लागि विश्वविद्यालय नै सबैभन्दा उपयुक्त संस्था भएकाले यो निर्णय ऐतिहासिक र महत्वपूर्ण उपलब्धि हो । यसका लागि नेपाल सरकार, प्रधानमन्त्री बालेन्द्र साह, शिक्षामन्त्री, शहरी विकासमन्त्री तथा भूमि मन्त्रीज्यूप्रति हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु । यो निर्णय मिथिला संस्कृति संरक्षण र प्रवद्र्धनका लागि एउटा महत्वपूर्ण माइलस्टोन सावित हुनेछ भन्ने विश्वास लिएको छु ।’

कार्यक्रममा बोल्दै निधीले राजर्षि जनक विश्वविद्यालयको स्थापनादेखि नै आफूले सक्रिय भूमिका निर्वाह गरेको स्मरण गरेका छन् । विश्वविद्यालयका पदाधिकारीहरूसँगको समन्वयमा यस प्रक्रियालाई अगाडि बढाइएको जानकारी दिँदै उनले विशेष गरी शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले स्थलगत निरीक्षणपश्चात देखाएको अग्रसरताको प्रशंसा गरेका छन् । हाल विश्वविद्यालयमा नयाँ उपकुलपति श्यामनारायण लाभले पदभार सम्हालेसँगै शैक्षिक गतिविधिहरूलाई गति दिने प्रयास भइरहेको छ ।


प्रकाशित मिति: २८ कार्तिक २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?