Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

गुगलमा यस वर्ष सर्वाधिक खोजिए फिल्म ‘बार्बी’ र गायिका शकिरा


काठमाडौं। यदि गुगलको वर्ष समीक्षालाई विश्वास गर्ने हो भने सन् २०२३ ठूला फिल्म र सेलिब्रिटीको मृत्युको वर्ष थियो । ‘बार्बी’ र ‘ओपेनहाइमर’ यस वर्ष गुगलमा धेरै खोजिने फिल्म बने । फुटबल खेलाडीहरु केलियन एमबाप्पे र ह्यारी केनलाई धेरै खोजियो भने शकिरा संगीतमा धेरै खोजिने सेलिब्रेटी बनिन् ।

त्यस्तै, गायिका शकिरा यस वर्ष दुईपटक मिडिया हेडलाइन बनिन् । पहिलोपटक, जनवरीमा ल्याटिन अमेरिकामा युट्युब कीर्तिमान रच्ने काममा चर्चित बनिन् । पूर्व पार्टनर जेरार्ड पिकेबारे उनले रिलिज गरेको गीतले उनी चर्चित बनिन् ।

यी खोजी अघिल्लो वर्षको तुलनामा बढी खोजिएको वृद्धिको आधारमा बीबीसीले उल्लेख गरेको हो । पुतलीमार्फत नारी जागरणको कथावस्तु भनिएको फिल्म ‘बार्बी’ र परमाणु बमको आविष्कारबारेको फिल्म ‘ओपेनहाइमर’लाई इन्टरनेट प्रयोगकर्ताले एकपछि अर्कोगरी गुगलमा व्यापक खोजे । यी दुवै फिल्मले विश्व बक्स अफिसमा उछाल कमाइ गरे । १.४ बिलियन डलर कमाउँदै ‘बार्बी’ यस वर्ष धेरै कमाउने फिल्म बन्यो ।

दोस्रोपटक, उनी स्पेनमा कर छलीको आरोप लागेपछि पुनः चर्चामा आइन् । उनले आरोपलाई अस्वीकार गरेकी छन् । ‘बार्बी’ र ‘ओपेनहाइमर’मा उल्लेखनीय चासोको कारणले एउटा नयाँ शब्द ‘बार्बेनहाइमर’को सिर्जना भयो । एकै समयमा कति मानिसले यी फिल्मबारे कुरा गरिरहेका छन् भन्ने जान्न यी शब्दले मद्दत गर्‍यो । यी दुई फिल्म अहिले गोल्डेन ग्लोबको मनोनयनमा अग्रस्थानमा छन् ।

जब ‘बार्बेनहाइमर’ फिल्मको ठूलो सांस्कृतिक घटना बनिरहेको थियो । मानिसले ‘गार्डियन्स अफ द ग्यालेक्सी ३’ को पनि खोजी गरे । नवौं सबैभन्दा धेरै खोजिएको फिल्म ‘नेटफ्लिक्स स्पेसल बैंक अफ डेभ’ थियो । व्यापारी डेभ फिशविकबारेको यो आशावादी कथालाई दर्शकले रुचाए ।

यी बाहेक फ्रेन्च फुटबल स्टार केलियन एमबाप्पे सन् २०२३ मा धेरै खोजिएका खेलाडी थिए । अगस्टमा बार्यन म्युनिखमा ८६।४ मिलियनभन्दा बढी पारिश्रमिकमा गएका बेलायती फुटबल स्टार केलियन एमबाप्पे पनि धेरै खोजिने सूचीमा देखिए ।

त्यस्तै, अचम्मको कुरा, सन् २०२३ मा मानिसले मृत्यु भएकाको बारेको जानकारी खोजेका थिए । अक्टोबरमा ४२ वर्षको उमेरमा मृत्यु भएका फ्रान्सेली स्टार म्याथ्यु पेरी विश्वव्यापी धेरै खोजिनेमध्ये एक थिए । पेरीलाई ‘फलआउट स् न्यु भेगास’मा उनको उपस्थितिका लागि गेमरले रुचाए ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?