Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

विपद्को जोखिममा बालबालिका


काठमाडौं। जलवायु परिवर्तनसँग सम्बन्धित विपद्को असरबाट सबैभन्दा बढी बालबालिका जोखिममा पर्ने गरेका छन् ।

महामारी, हिमपात, शीतलहर, बाढी तथा पहिरो, हावाहुरी, आगलागीलगायत प्राकृतिक विपद्बाट आर्थिक वर्ष २०७९/८० मा मुलुकभर पीडित बालबालिकाको सङ्ख्या तीन हजार दुई सय ४४ पुगेको छ । जसमा सबैभन्दा बढी दुई हजार दुई सय ३१ बालबालिका महामारीका कारण पीडित भएका थिए ।

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्याङ्अनुसार आव २०७९/८० मा विपद्का कारण पीडित बालबालिकामध्ये ७९ बालक र छ सय ८८ बालिका गरी जम्मा कुल सात सय ६७ बालबालिकाको मृत्यु भएको थियो ।

त्यस्तै एक सय ६७ बालक र दुई हजार एक सय ७६ बालिका गरी जम्मा दुई हजार तीन सय ४३ बालबालिका घाइते भएका थिए भने चार बालक र एक सय ३० बालिका गरी जम्मा एक सय ३४ बालबालिका बेपत्ता भएका थिए । कुल पीडित बालबालिकामध्ये ९२ दशमलव २९ प्रतिशत बालिका रहेका छन् ।

नेपालमा जोखिम न्यूनीकरणका लागि तीनै तहबाट विभिन्न कार्यक्रम सञ्चालनमा रहे पनि बढ्दो जलवायु परिवर्तनको असरले प्राकृतिक विपद्को असर बढ्दोरूपमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त संयुक्त राष्ट्रसङ्घीय बालअधिकार समितिले सन् २०२३ अगष्ट २२ मा जलवायु परिवर्तनले पारेको असरबाट बालअधिकार संरक्षण तथा प्रवर्द्धनका लागि राज्यले गर्नुपर्ने विषयमा सामान्य टिप्पणी–२६ ९जनरल कमेन्ट–२६० जारी गरेको छ । जसमा जलवायु परिवर्तनबाट हुने प्रतिकूल असर न्यूनीकरण गर्नुपर्ने, बालबालिकालाई यससम्बन्धी असरसँग अनुकूलन बनाउने, बालअधिकारमा परेको क्षतिका लागि प्राविधिक तथा आर्थिक सहयोग गर्ने लगायत विषय रहेको छ ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?