Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

विपद्को जोखिममा बालबालिका


काठमाडौं। जलवायु परिवर्तनसँग सम्बन्धित विपद्को असरबाट सबैभन्दा बढी बालबालिका जोखिममा पर्ने गरेका छन् ।

महामारी, हिमपात, शीतलहर, बाढी तथा पहिरो, हावाहुरी, आगलागीलगायत प्राकृतिक विपद्बाट आर्थिक वर्ष २०७९/८० मा मुलुकभर पीडित बालबालिकाको सङ्ख्या तीन हजार दुई सय ४४ पुगेको छ । जसमा सबैभन्दा बढी दुई हजार दुई सय ३१ बालबालिका महामारीका कारण पीडित भएका थिए ।

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्याङ्अनुसार आव २०७९/८० मा विपद्का कारण पीडित बालबालिकामध्ये ७९ बालक र छ सय ८८ बालिका गरी जम्मा कुल सात सय ६७ बालबालिकाको मृत्यु भएको थियो ।

त्यस्तै एक सय ६७ बालक र दुई हजार एक सय ७६ बालिका गरी जम्मा दुई हजार तीन सय ४३ बालबालिका घाइते भएका थिए भने चार बालक र एक सय ३० बालिका गरी जम्मा एक सय ३४ बालबालिका बेपत्ता भएका थिए । कुल पीडित बालबालिकामध्ये ९२ दशमलव २९ प्रतिशत बालिका रहेका छन् ।

नेपालमा जोखिम न्यूनीकरणका लागि तीनै तहबाट विभिन्न कार्यक्रम सञ्चालनमा रहे पनि बढ्दो जलवायु परिवर्तनको असरले प्राकृतिक विपद्को असर बढ्दोरूपमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त संयुक्त राष्ट्रसङ्घीय बालअधिकार समितिले सन् २०२३ अगष्ट २२ मा जलवायु परिवर्तनले पारेको असरबाट बालअधिकार संरक्षण तथा प्रवर्द्धनका लागि राज्यले गर्नुपर्ने विषयमा सामान्य टिप्पणी–२६ ९जनरल कमेन्ट–२६० जारी गरेको छ । जसमा जलवायु परिवर्तनबाट हुने प्रतिकूल असर न्यूनीकरण गर्नुपर्ने, बालबालिकालाई यससम्बन्धी असरसँग अनुकूलन बनाउने, बालअधिकारमा परेको क्षतिका लागि प्राविधिक तथा आर्थिक सहयोग गर्ने लगायत विषय रहेको छ ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?