Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

फिफा द वेस्ट अवार्डका लागि मेसी, एमबाप्पे र हालान्ड मनोनयनमा


काठमाडौं। फिफा द वेस्ट अवार्डका लागि फिफाले उत्कृष्ट पुरुष तथा महिला खेलाडीको विधाको मनोनयनमा परेका तीन–तीन खेलाडीको नाम सार्वजनिक गरेको छ। आगामी १५ जनावरीमा इंग्ल्यान्डको लन्डनमा विजेता घोषणा गर्नका लागि फिफाले महिला र पुरुष खेलाडीको नाम सार्वजनिक गरेको हो ।

मनोनयनमा परेका महिला खेलाडीहरूमा आइटाना बोनमाटी (स्पेन र एफसी बार्सिलोना), लिन्डा काइसेडो (कोलम्बिया र डिपोर्टिभो काली फेमेनिनो र रियल म्याड्रिड) र जेनिफर हर्मोसो (स्पेन-सिएफ पाचुका) छन् । त्यस्तै, १ अगस्ट २०२२ देखि २० अगस्ट २०२३ सम्मको प्रदर्शनको आधारमा उत्कृष्ट तीन महिला खेलाडीको नाम सार्वजनिक गरिएको हो । विज्ञहरूको प्यानलद्वारा छनोट गरी कुल १६ खेलाडीहरू सुरुमा उत्कृष्ट फिफा महिला खेलाडी अवार्डका लागि मनोनयन गरिएको थियो ।

यसबाट तीन खेलाडीको नाम संसारभरका महिला राष्ट्रिय टोलीका प्रशिक्षक, महिला राष्ट्रिय टोलीका कप्तान, फुटबल पत्रकार र फिफाको आधिकारिक वेबसाइटमा मतदान गर्ने फ्यानको भोटको आधारमा निर्णायक मण्डलद्वारा छनोट गरिएको छ ।

त्यसैगरी, १९ डिसेम्बर २०२२ देखि २० अगस्ट २०२३ सम्मको अवधिका गरेको प्रदर्शनको आधारमा तीन पुरुष खेलाडीको नाम सर्ट लिस्टका लागि घोषणा गरिएको छ । मनोनयनमा परेका पुरुष खेलाडीहरूमा इर्लिङ हालान्ड (नर्वे र म्यानचेस्टर सिटी), केलियन एमबाप्पे (फ्रान्स र पेरिस सेन्ट(जर्मेन), लिओनल मेसी (अर्जेन्टिना र पेरिस सेन्ट जर्मेन र मायमी) छन् ।

त्यस्तै, कुल १२ खेलाडीहरू प्रारम्भमा उत्कृष्ट फिफा पुरुष खेलाडीको अवार्डका लागि मनोनयन गरिएको थियो । जसलाई विशेषज्ञहरूको प्यानलले छनोट गरेको थियो ।

उक्त सूचीबाट तीन खेलाडीको नाम संसारभरका पुरुष राष्ट्रिय टोलीका प्रशिक्षक, पुरुष राष्ट्रिय टोलीका कप्तान, फुटबल पत्रकार र विश्वभरका फ्यानहरू फिफा डटकममा गरेको भोटको आधारमा तय भएको हो ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?