Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

समाचार


प्रधानमन्त्री कार्कीद्वारा जेनजी आन्दोलनका घाइतेहरुसँगअस्पतालमा भेट

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेहरुसँग भेट गरेकी छिन् । उनले शनिवार अपरान्ह राष्ट्रिय ट्रमा सेन्टर अस्पताल पुगेर त्यहाँ उपचार गराईरहेका घाइतेहरुसँग भेट गरेकी छिन् । भेटका क्रममा प्रधानमन्त्री कार्कीले घाइतेहरुको राम्रोसँग उपचार गर्न चिकित्सकहरुलाई निर्देशन दिएको अस्पतालका चिकित्सकहरुले बताएका छन् । जेनजी आन्दोलनका क्रममा ट्रमा सेन्टरमा मात्रै

जेन–जी भन्छन्– अब हामी विदेश जान नपरोस्

काठमाडौँ। जेन–जी पुस्ताको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएसँगै जनस्तरमा सकारात्मक धारणा देखिएको छ । जेन–जी पुस्ताको आन्दोलनपछि सरकार ढलेसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार कार्कीलाई संविधानको धारा ६१ (४) अनुसार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् । मुलुकको

६ महिनाभित्र प्रतिनिधि सभाको नयाँ निर्वाचन हुने

काठमाडौँ । आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको नयाँ निर्वाचन हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आगामी ६ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन गराउने जिम्मेवारीसहित प्रधानमन्त्री नियुक्त गरेका छन्। नयाँ सरकारलाई फागुनभित्र निर्वाचन सम्पन्न गर्ने जनादेश दिइएको छ।

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार उनलाई नियुक्त गर्दै शपथ खुवाएका छन् । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत उपस्थित थिए।

“सुशीला कार्की अन्तरिम प्रधानमन्त्री, आज राति ९ बजे शपथ”

काठमाडौँ । राजनीतिक संकटबीच अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सम्हाल्ने पक्का भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज राति ९ बजे शीतल निवासमा उनलाई औपचारिक शपथ गराउने तयारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्। यसअघि कार्की, जेनजी अभियन्ता सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्यालसहितको टोली राष्ट्रपति निवास

अप्राकृतिक गठबन्धनमा रहेको अहंकारका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्तावेज नष्ट भए:माओवादी

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले अप्राकृतिक गठबन्धनमा रहेको अहंकार, नालायकी र कुशासनका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्तावेज नष्ट भएको आरोप लगाएको छ । शुक्रवार नेकपा माओवादी केन्द्रका उपाध्यक्षद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा यस्तो आरोप लगाइएको हो । जेन जी पुस्ताको आन्दोलनका

कान्तिपुर टेलिभिजनको नियमित प्रशारण शुरु

काठमाडौँ। कान्तिपुर टेलिभिजनले शुक्रवारदेखि नियमित प्रशारण शुरु गरेको छ । जेन–जी आन्दोलनका क्रममा तीनकुनेस्थित टेलिभिजनको कार्यालयमा आगजनी भएपछि बन्द भएको प्रशारण आज अपरान्ह ४ बजेदेखि शुरु भएको हो । हाललाई आगलागीबाट जोगिएको स्टुडियो ३ बाट टेलिभिजनको नियमित प्रशारण थालिएको कान्तिपुरले जनाएको छ । जेन–जी प्रदर्शनका क्रममा कान्तिपुर टेलिभिजनका साथै थाथापलीमा रहेको

अन्तरिम सरकारका नयाँ प्रधानमन्त्रीका लागि सिंहदरबारमा व्यवस्थापन शुरु (तस्बिरहरु)

काठमाडौँ। अन्तरिम सरकारका नयाँ प्रधानमन्त्रीका लागि सिंहदरबारमा व्यवस्थापन शुरु भएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको निरीक्षणपछि संहदरबारमा व्यवस्थापन शुरु गरिएको हो । निर्माणाधीन गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्रीको कार्यालय बनाउने गरी सजावट शुरु गरिएको छ । बुधवार आन्दोलनकारीको निसानामा परेको सिंहदरबारमा अहिलेसम्मकै ठूलो आक्रमण भएको थियो ।

सभामुख घिमिरे र अध्यक्ष दाहालको अपिलः संवैधानिक प्रक्रियाबाटै निकास खोजौं

काठमाडौँ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संवैधानिक प्रक्रियामार्फत शान्ति, स्थायित्व, राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ बनाउँदै अघि बढ्न अपिल गरेका छन् । शुक्रवार संयुक्त वक्तव्य जारी गर्दै उहाँहरुले जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास

जनकपुरधामको जनजीवन सामान्य बन्दै, बढ्दै बजारमा चहलपहल

काठमाडौँ। मधेस प्रदेशको राजधानी जनकपुरधामको जनजीवन सामान्य बन्दै गएको छ । जेन जी पुस्ताको आन्दोलन र प्रदर्शनपछि भएको आगजनी र तोडफोडपछि जनजीवन असामान्य बनेको थियो । आम नागरिकहरुमा त्रास पैदा भएको थियो । नेपाल प्रहरीका चौकीहरु जलेर ध्वस्त भएसँगै प्रहरी प्रशासन तहसनहस बन्यो । जसकारण पनि समाजमा त्रास पैदा भएको

सम्वन्धित समाचारहरु