Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

‘निर्वाचनको तयारी राम्रो भएन, सुरक्षाकर्मीको व्यवहार पनि ठिक थिएन’-एशियन नेटवर्क फर फ्री इलेक्सन्स


‘निर्वाचनको तयारी राम्रो भएन, सुरक्षाकर्मीको व्यवहार पनि ठिक थिएन’-एशियन नेटवर्क फर फ्री इलेक्सन्स

एजेन्सी। हालै सम्पन्न निर्वाचनबारे अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण संस्था एशियन नेटवर्क फर फ्री इलेक्सन्सले प्रश्न उठाएको छ ।

संस्थाले बुधवार राजधानीमा एक कार्यक्रम गर्दै गत चुनावमा मतदाता शिक्षा कमजोर रहेकोदेखि निर्वाचन पर्यवेक्षणले समेत स्वतन्त्रता पाउन नसकेको बताएको हो । संस्थाकी मुख्य निर्वाचन विश्लेषक एम एस रोना कार्तोसले गत निर्वाचनमा निर्वाचन आयोगको तयारी अपर्याप्त रहेको बताइन् । उनले पर्यवेक्षणका क्रममा सुरक्षाकर्मीको व्यवहारका कारण पर्यवेक्षण कार्य प्रभावित भएको समेत बताइन् । उनकाअनुसार निर्वाचन प्रक्रियामा समावेशीता र पारदर्शिता थिएन बरु पहुँच र सहभागितामा बाधा सिर्जना भएको उनको भनाइ छ ।

कार्ताेसले मतदाता शिक्षाका कार्यक्रम प्रभावकारी र पहुँचयोग्य बन्न नसकेको आफूहरुले देखेको बताइन् । उनकाअनुसार अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सामग्री तथा सहजीकरणको अभाव देखिन्थ्यो । मानव अधिकार तथा अपाङ्गता अधिकारसम्बन्धी संस्थासँग गरिएको छलफलमा निर्वाचन सामग्रीहरू सबै वर्गका मतदातामैत्री नरहेको निष्कर्ष आएको समेत उनले सुनाएकी छिन् ।

सरकारले चुनावमा विशेषगरी सांकेतिक भाषाका दोभासे, श्रव्य–दृश्य सामग्रीमा ‘सबटाइटल्स’ तथा अन्य सहायक प्रविधिमा यस पटक पर्याप्त ध्यान नदिइएको उनको भनाइ छ ।
निर्वाचनको दिन पर्यवेक्षकहरूले मतदान केन्द्रमा सहज पहुँच नपाएको विषय पनि सो संस्थाले उठाएको छ । कार्ताेसका अनुसार कतिपय सुरक्षाकर्मीलाई निर्वाचन पर्यवेक्षकको अधिकार र भूमिकाबारे स्पष्ट जानकारी नहुँदा पर्यवेक्षकलाई केन्द्र प्रवेशमै रोक लगाइएको थियो ।

कतिपय स्थानमा प्रवेश पाए पनि पर्यवेक्षकलाई १० मिनेटभन्दा बढी मतदान केन्द्रभित्र बस्न नदिइएको र स्वतन्त्र रूपमा अवलोकन गर्न अवरोध सिर्जना गरिएको उनले बताएकी छिन् । यस्तो व्यवहारले निर्वाचनको निष्पक्ष अनुगमनमा असर पुगेको सो संस्थाको निष्कर्ष छ ।


प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?