Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनैपर्छः भिष्मराज आङदेम्बे


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र साहको उपस्थिति हुनै पर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको उपस्थितिका लागि सभामुख डिपि अर्यालको ध्यानाकर्षण पनि गराएका छन् । नेता आङदेम्बेले आफूले प्रधानमन्त्री विरामी भएको भए त्यसको जानकारी गराउन सभामुख अर्याललाई गरिएको आग्रह बेवास्ता गरेको भन्दै असन्तुष्टि पनि व्यक्तगरेका छन् ।

नेता आङदेम्बेले भने,‘प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा अर्थमन्त्रीले प्रश्ताव प्रश्तुत गर्न पाउनु हुन्छ । यसमा हाम्रो विमत्ति होइन । तर प्रश्ताव प्रश्तुत भइसकेपछाडि जब बैठक प्रारम्भ हुन्छ । सायद हामी छलफलमा जान्छौ होला । छलफलका लागि हामीले बारम्बार के भनिरहेका छौँ भने हिजो पनि मैले विपक्ष दलको नेताको हैसियतमा मैले बोल्दाखेरी पनि सम्माननीय प्रधानमन्त्रीजीको उपस्थिति सायद यो अत्यन्तै महत्वपूर्णं छलफलमा उहाँको उपस्थिति माग्छ । मैले सभामुखजीको ध्यान अझै पनि आकर्षित गराउन चाहन्छु यदि उहाँ साँच्चै बिरामी हुनुभएको हो भने मैले त्यसको जानकारीको लागि पनि आग्रह गरेको थिए । उहाँका सल्लाहकारले उहाँ विरामी पर्नुभएको भन्ने खवर आईरहेको थियो । संसदबाट सबै विपक्ष दलहरुले उहाँको स्वास्थ्यको चिन्ता गरेपछि सभामुखजीले त्यसको जानकारी दिँदा राम्रो हुन्थ्यो । त्यसकारण म सभामुखजीलाई अझै पनि आग्रह गर्न चाहन्छु छलफलमा उहाँको उपस्थिति हुनैपर्छ ।’

नेता आङदेम्बेले संसदमा सरकारको नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण छलफलमा प्रधानमन्त्रीले अनुपस्थिति हुनेकुरा हुन नसक्ने पनि बताएका छन् ।


प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?