Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

सम्मानजनक एकता नभए काँग्रेसले थप पराजय भोग्नुपर्ने नेता घिमिरेको चेतावनी


काठमाडौँ । नेपाली काँग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्र सबै पक्षलाई समेटेर सम्मानजनक एकता कायम गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

वागमती प्रदेशस्तरीय विशेष भेलालाई सम्बोधन गर्दै नेता घिमिरेले वर्तमान संस्थापन पक्षले एकलौटी ढंगले अघि बढ्न खोजे आगामी निर्वाचनमा पार्टीले थप गम्भीर क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन् । सम्बोधनका क्रममा नेता घिमिरेले आफूहरूको उद्देश्य पार्टी विभाजन नभई समग्र काँग्रेसलाई एकढिक्का बनाउनु रहेको प्रष्ट पारे । वर्तमान केन्द्रिय समितिको वैधतामाथि प्रश्न उठाउदै नेता घिमिरेले नेतृत्वले ‘पिक एण्ड चुज’ को नीति अपनाएर आफू अनुकूलका व्यक्तिहरूलाई मात्र केन्द्रिय समितिमा मनोनयन गरेको आरोप लगाएका छन् । पछिल्लो समय गरिएको १९ जनाको नियुक्तिले पार्टीमा सबैलाई समेट्ने संकेत नदेखाएको उनको तर्क छ ।

उनले भने, ‘उहाँहरूकै भाषामा यो ५४ प्रतिशतको मात्रै भेलाबाट बनेको समिति हो । ४६ प्रतिशतलाई बाहिर राखेर १०० प्रतिशतको कांग्रेस बन्न सक्दैन । आधा काँग्रेस मात्र बोकेर हिँड्दाको परिणाम हामीले गएको निर्वाचनमा भोगिसकेका छौँ । स्वाभिमान बेचेर राजनीति गर्न सकिँदैन । पार्टीका सम्पूर्ण साथीहरूलाई समेटेर लैजाने दायित्व संस्थापन पक्षको हो, तर उहाँहरूको क्रियाकलापमा त्यो उदारता देखिएन । यदि सबैलाई समेट्ने प्रयास भएन भने आगामी स्थानीय र प्रदेश निर्वाचनमा गत फागुन २१ को परिणामभन्दा पनि खराब अवस्था आउन सक्छ । लगातार तीनवटा चुनाव हारिसकेपछि त्यस्तो असफल नेतृत्वको के अर्थ रहला ? नेतृत्वले यस विषयमा गम्भीरतापूर्वक सोच्न आवश्यक छ ।’

पार्टी एकताका लागि प्रश्ताव पेश गर्दै उनले विगतमा गिरिजाप्रसाद कोईरालाले नेपाली काँग्रेस र नेपाली काँग्रेस (प्रजातान्त्रिक) बीच गरेको एकताको मोडल अपनाउनुपर्नेमा जोड दिएका छन् । उनले वर्तमान केन्द्रिय समितिलाई ‘महाधिवेशन तयारी समिति’ मा रूपान्तरण गरी सबै पक्षको सम्मानजनक प्रतिनिधित्व गराउन सुझाव दिएका छन् । नेता घिमिरेले संस्थापन पक्षलाई निषेधको राजनीति त्यागेर संवाद र सहमतिको मार्गमा आउन आग्रह समेत गरेका छन् ।


प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?