Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँः काँग्रेस


नेपाली काँग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गर्नुभएको छ । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद श्रेष्ठले प्रधानमन्त्री उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ नदिएसम्म सदनको कारबाही अघि बढ्न नदिने चेतावनी दिनुभएको हो । सांसद श्रेष्ठकाअनुसार सरकारले आगामी आर्थिक वर्षका लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन र सुझावहरू राख्ने कार्यक्रम रहेको छ । यो विषय सम्पूर्ण देश र जनताको भविष्यसँग जोडिएको हुनाले सरकारको प्रमुखका हैसियतले प्रधानमन्त्रीले ती सुझावहरू सुन्नुपर्ने र उठेका प्रश्नहरूको स्पष्टीकरण दिनुपर्ने उहाँको तर्क छ । उहाँले भन्नुभयो, ‘सरकारले प्रश्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम कुनै एउटा दलको मात्र नभई सम्पूर्ण २७५ जना प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभाका सांसदहरूको मर्यादाको विषय हो । यो ३ करोड नेपाली जनताको वर्षभरिको मार्गचित्र भएकाले यसमा गरिने सुधार र निर्देशनका सम्बन्धमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनैपर्छ ।’ सांसद श्रेष्ठले गत वैशाख २८ गते राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रश्तुत भइरहँदा प्रधानमन्त्री बीचमै बाहिरिएको प्रति असन्तुष्टि व्यक्त गर्दै त्यसलाई अमर्यादित कार्यको संज्ञा दिनुभयो । प्रधानमन्त्रीले आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रश्तुत हुँदा पूर्ण समय नदिएको भन्दै आजको छलफलमा उहाँको अनिवार्य उपस्थितिको माग गरिएको हो ।

काठमाडौँ । नेपाली काँग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गरेका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद श्रेष्ठले प्रधानमन्त्री उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ नदिएसम्म सदनको कारबाही अघि बढ्न नदिने चेतावनी दिएका छन् । सांसद श्रेष्ठकाअनुसार सरकारले आगामी आर्थिक वर्षका लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन र सुझावहरू राख्ने कार्यक्रम रहेको छ । यो विषय सम्पूर्ण देश र जनताको भविष्यसँग जोडिएको हुनाले सरकारको प्रमुखका हैसियतले प्रधानमन्त्रीले ती सुझावहरू सुन्नुपर्ने र उठेका प्रश्नहरूको स्पष्टीकरण दिनुपर्ने उनको तर्क छ ।

उनले भने, ‘सरकारले प्रश्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम कुनै एउटा दलको मात्र नभई सम्पूर्ण २७५ जना प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभाका सांसदहरूको मर्यादाको विषय हो । यो ३ करोड नेपाली जनताको वर्षभरिको मार्गचित्र भएकाले यसमा गरिने सुधार र निर्देशनका सम्बन्धमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनैपर्छ ।’

सांसद श्रेष्ठले गत वैशाख २८ गते राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रश्तुत भइरहँदा प्रधानमन्त्री बीचमै बाहिरिएको प्रति असन्तुष्टि व्यक्त गर्दै त्यसलाई अमर्यादित कार्यको संज्ञा दिएका छन् । प्रधानमन्त्रीले आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रश्तुत हुँदा पूर्ण समय नदिएको भन्दै आजको छलफलमा उहाँको अनिवार्य उपस्थितिको माग गरिएको हो ।


प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?