Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

प्रधानमन्त्रीको अनुपस्थिति र सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै हर्क राईद्वारा बैठक बहिष्कार


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीको कार्यशैली र बैठकमा उहाँको निरन्तर अनुपस्थितिलाई लिएर आपत्ति जनाउँदै बैठक बहिष्कार गरेका छन् ।

प्रधानमन्त्री स्वयं उपस्थित भई जवाफदेही हुनुपर्ने विषयहरूमा अन्य प्रतिनिधि पठाउने गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राईले देशमा प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थिति र सक्रियता नदेखिएको टिप्पणी गरेका छन् । अध्यक्ष राईले सत्तापक्षले संसदीय प्रक्रियामा एकलौटी ढंगले काम गरिरहेको आरोप समेत लगाए । विशेषगरी नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा पर्याप्त छलफल गर्ने समय नदिई दस्ताबेजहरू अध्ययनका लागि अत्यन्तै कम समय उपलब्ध गराइएको उनको दाबी छ ।

उनले भने, ‘प्रधानमन्त्री आफैँ उपस्थित हुनुपर्ने र टेबल गर्नुपर्ने विषयहरूमा अरूलाई पठाउने गरिएको छ । मुलुकमा प्रधानमन्त्री नै नभएको जस्तो आभास भएकाले हामीले विरोधस्वरूप बैठक बहिष्कार गरेका हौँ । आज ठेलीका ठेली किताब दिने र भोलि नै पढेर आउनु भन्ने शैली उचित छैन । नीति तथा कार्यक्रम र बजेट जस्ता गम्भीर विषयमा पनि पर्याप्त समय दिइएको छैन ।’

आफ्नो दल बैठकबाट बाहिरिएको जानकारी दिँदै राईले अन्य दलहरूले पनि विरोध जनाइरहेको र उनीहरू पनि बाहिरिने क्रममा रहेको बताएका छन् । सरकारले प्रतिपक्षी आवाजलाई बेवास्ता गर्न खोजेको संकेत गर्दै उनले प्रतिपक्षीलाई कसैले दबाउन नसक्ने चेतावनी दिएका छन् । जनप्रतिनिधिले उठाएका यी विषय र सरकारको कार्यशैलीको मूल्याङ्कन आम जनताले गर्ने उनले उल्लेख गरेका छन् ।


प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?