१४ वैशाख, एजेन्सी । द्वन्द्वग्रस्त सुडानबाट १० हजारभन्दा बढी मानिस भागेर कास्टल र अर्कीनको स्थलसीमा पार गर्दै छिमेकी मुलुक इजिप्ट पुगेको इजिप्टले जनाएको छ । इजिप्टको जनरल अथोरिटी फर ल्याण्ड एण्ड ड्राई पोर्ट्स (जीएएलडीपी) ले बुधबार एक विज्ञप्ति जारी गरी द्वन्द्वग्रस्त सुडानबाट करिब पाँच दिनमा १० हजारभन्दा बढी मानिस भागेर इजिप्ट
१४ वैशाख, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिरका पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो । विसं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको मन्दिरको ९५ प्रतिशत काम सकिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका
१४ वैशाख, तनहुँ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्रदान गर्ने निर्णय गरेको हो । आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रियामा सहभागी भई सबै चरण पार गरेपश्चात् क्याम्पसले क्युएए प्राप्त गरेको क्याम्पस
१४ वैशाख, गुल्मी । गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गए राति खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा जीपका सहचालक बागलुङ बडिगाड –९ का १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
१४ वैशाख, काठमाडाैँ । सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिने भएको छ । यस सम्बन्धि कार्यविधि पास भएसँगै अयोग्य लडाकुले दुई-दुई लाख राहत पाउने भएका हुन् । गत ६ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि पास गरेको जानकारी दिइएको छ । अब पहिलो चरणमा योग्य लडाकु पहिचान गरिनेछ ।
१४ वैशाख, काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ए अन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको टसमा कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छ्न । यससँगै नेपालले अब पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले कतारलाई पराजित
१४ वैशाख, ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो । चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् । घाइते
१४ वैशाख ,गण्डकी । गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित सात श्रष्टालाई सम्मान गरिने भएको छ । प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको अवसरमा वैशाख १५ गते शुक्रबार श्रष्टालाई सम्मान गर्न लागिएको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानको स्थापना २०७८ साल वैशाख १५ गते भएको थियो
१४ वैशाख ,काभ्रेपलाञ्चोक । चालु आर्थिक वर्षको नौ महिनामा काभ्रेपलाञ्चोकमा चार सय २४ जना विपद्मा परेका छन् । तीमध्ये ५९ को मृत्यु भएको छ भने तीन सय ७७ घाइते तथा सुरक्षाकर्मीले ३३ को उद्धार गरेको जनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अघिल्लो आर्थिक वर्ष २०७८/२०७९ मा चार सय
१४ वैशाख ,म्याग्दी । म्याग्दीका स्थानीय तहबाट श्रम स्वीकृति र पुनःस्वकृतिसम्बन्धी सेवा सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा थालिएको छ । अन्नपूर्ण, धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाले रोजगार