Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

गुल्मीमा जीप दुर्घटना हुँदा सहचालकको मृत्यु


१४ वैशाख, गुल्मी । गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गए राति खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा जीपका सहचालक बागलुङ बडिगाड –९ का १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन् । दुर्घटनामा परी जीप चालक बडिगाड–९ का २१ वर्षीय प्रेमबहादुर केसी गम्भीर घाइते भएका छन् । उनको थप उपचारको लागि आज बिहानै पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास लगिएको छ ।

जीप दुर्घटनाको जानकारी पाउनासाथ पौदी अमराईबाट प्रहरीको टोली घटनास्थल पुगिसकेको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए । दुर्घटना हुँदा जीप सडकबाट एक सय ५० मिटर तल खसेको बताइएको छ । ‘ब्रेकफेल’ भई जीप दुर्घटना हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?