Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

अयोग्य लडाकुलाई दुई–दुई लाख राहत दिने कार्यविधि पास, १ अर्ब ४० लाख विनियोजन


१४ वैशाख, काठमाडाैँ । सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिने भएको छ । यस सम्बन्धि कार्यविधि पास भएसँगै अयोग्य लडाकुले दुई-दुई लाख राहत पाउने भएका हुन् ।

गत ६ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि पास गरेको जानकारी दिइएको छ । अब पहिलो चरणमा योग्य लडाकु पहिचान गरिनेछ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयले लडाकु पहिचान गर्ने जिम्मेवारी पाउने भएका छन् ।

जिल्लाले पहिचान गरेर गृह मन्त्रालयमा पठाएका लडाकुका विवरण अनुसार दुई–दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराइने जानकारी दिइएको छ । सम्बन्धित जिल्लाले नै बैंक खातामार्फत रकम उपलब्ध गराइने बताइएको छ ।

सरकारले आव ०७९/८० को बजेटमा शान्ति प्रक्रियाका बाँकी कामका लागि भनेर एक अर्ब ४० लाख रुपैयाँ छुट्याएको छ ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?