Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

अयोग्य लडाकुलाई दुई–दुई लाख राहत दिने कार्यविधि पास, १ अर्ब ४० लाख विनियोजन


१४ वैशाख, काठमाडाैँ । सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिने भएको छ । यस सम्बन्धि कार्यविधि पास भएसँगै अयोग्य लडाकुले दुई-दुई लाख राहत पाउने भएका हुन् ।

गत ६ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि पास गरेको जानकारी दिइएको छ । अब पहिलो चरणमा योग्य लडाकु पहिचान गरिनेछ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयले लडाकु पहिचान गर्ने जिम्मेवारी पाउने भएका छन् ।

जिल्लाले पहिचान गरेर गृह मन्त्रालयमा पठाएका लडाकुका विवरण अनुसार दुई–दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराइने जानकारी दिइएको छ । सम्बन्धित जिल्लाले नै बैंक खातामार्फत रकम उपलब्ध गराइने बताइएको छ ।

सरकारले आव ०७९/८० को बजेटमा शान्ति प्रक्रियाका बाँकी कामका लागि भनेर एक अर्ब ४० लाख रुपैयाँ छुट्याएको छ ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?