Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

कतारविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल


१४ वैशाख, काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ए अन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको टसमा कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छ्न । यससँगै नेपालले अब पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालले कतारलाई पराजित गर्दै समूहको विजेता बन्न चाहन्छ । नेपालले यसअघि खेलेको तीन खेलमा दुईमा जित र एकमा अङ्क बाँड्दै पाँच अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । तेस्तै नेपालले साउदी अरेबियासँग वर्षाको कारण अङ्क बाँडेको थियो । आजको खेलमा जित हासिल गरे नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल खेल्नेछ । कतार तीनै खेलमा जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । कतारको भने यस खेल प्रतिष्ठाको लागि मात्र हुनेछ ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?