Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

कतारविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल


१४ वैशाख, काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ए अन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको टसमा कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छ्न । यससँगै नेपालले अब पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालले कतारलाई पराजित गर्दै समूहको विजेता बन्न चाहन्छ । नेपालले यसअघि खेलेको तीन खेलमा दुईमा जित र एकमा अङ्क बाँड्दै पाँच अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । तेस्तै नेपालले साउदी अरेबियासँग वर्षाको कारण अङ्क बाँडेको थियो । आजको खेलमा जित हासिल गरे नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल खेल्नेछ । कतार तीनै खेलमा जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । कतारको भने यस खेल प्रतिष्ठाको लागि मात्र हुनेछ ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?