Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

सुडानमा हिंसा जारी, पाँच दिनमा दश हजारभन्दा बढी मानिस इजिप्ट प्रवेश


१४ वैशाख, एजेन्सी । द्वन्द्वग्रस्त सुडानबाट १० हजारभन्दा बढी मानिस भागेर कास्टल र अर्कीनको स्थलसीमा पार गर्दै छिमेकी मुलुक इजिप्ट पुगेको इजिप्टले जनाएको छ ।

इजिप्टको जनरल अथोरिटी फर ल्याण्ड एण्ड ड्राई पोर्ट्स (जीएएलडीपी) ले बुधबार एक विज्ञप्ति जारी गरी द्वन्द्वग्रस्त सुडानबाट करिब पाँच दिनमा १० हजारभन्दा बढी मानिस भागेर इजिप्ट आइपुगेको जनाएको हो ।

अप्रिल २१ देखि २५ को बीचमा कास्ताल हुँदै एक हजार २९७ जना (इजिप्ट) आएका थिए भने अन्य आठ हजार ८९७ जना अरकीन हुँदै इजिप्ट प्रवेश गरेका विज्ञप्तिमा उल्लेख छ ।

जीएएलडीपीले सुडानबाट भागेका इजिप्टका नागरिक र योग्य विदेशीहरूलाई सबै सुविधाहरूमा पहुँच सुनिश्चित गर्न सबै सम्बन्धित संस्थाहरूसँग समन्वय गरिरहेको जनाएको छ ।

गत अप्रिल १५ मा सुडानी सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेजबीच राजधानी खार्तूम र अन्य सुडानी क्षेत्रमा भीषण झडप भएको थियो ।

सुडानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार सुडानमा अहिलेसम्म ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने चार हजारभन्दा बढी घाइते भएका छन् ।

सुडानबाट आफ्ना कुटनीतिज्ञ र नागरिकलाई सुडानभन्दा बाहिर निकाल्न लागिपरेका समय युद्धरत पक्षहरू सोमबार मध्यरातदेखि तीन दिने युद्धविरामका लागि सहमत भएका छन् ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?