११ असार, काठमाडाैँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएपछि तोकिएको समयभित्र रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही र तलब भत्ता असुल उपरको नीति कार्यान्वयनमा ल्याएको छ । यस्तै सरुवा भएर जाने कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्काको प्रक्रिया अगाडि बढाउन थालिएको छ । प्रतिनिधिसभाको बैठकमा विनियोजन
११ असार, गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलस्रोत, कृषि, पर्यटनलगायत क्षेत्रमार्फत आत्मनिर्भर बनाउने योजना रहेको बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले गण्डकीभित्र आर्थिक आयआर्जनका प्रचुर सम्भावना रहेकाले योजनाबद्ध ढङ्गले प्रदेशलाई आत्मनिर्भर बनाउन लागिपरेको बताए। “हाम्रो प्रदेशले ऊर्जा क्षेत्रको विकासमार्फत आर्थिक समृद्धि हासिलका लागि
११ असार, एजेन्सी । पाकिस्तानमा यो वर्षको पहिलो चार महिनामा सिन्ध प्रहरीमा महिला र बालबालिकाविरुद्ध हिंसाका ९०० भन्दा बढी घटना दर्ता भएका सस्टेनेबल सोसियल डेभलपमेन्ट अर्गनाइजेसन (एसएसडीओ) को एक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले यस्ता घटनाको रिपोर्टिङ गर्ने सामाजिक निषेधका कारण यो सङ्ख्या अझ बढी हुन सक्ने उल्लेख गरेको छ
११ असार, धादिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकै गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताएका छन् । धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन नै पाँच वर्ष रहने बताएका हुन् । उनले भने, “अहिले कताकता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने
११ असार, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार एक सय २९ दशमलव ४२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन
११ असार, अर्घाखाँची । अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । आफैँले कानुनी र नैतिकरुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै भट्टराईले सोमबार राजीनामा दिएका हुन् । न्यायाधीश डा. भट्टराईले न्यायाधीश नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै
११ असार, एजेन्सी । तालिबान नेता मौलवी हिबतुल्लाह अखुन्दजादाले इद–उल–अजहाको आगमनपछि एक सन्देश जारी गर्दै तालिबानले विश्व, विशेष गरी इस्लामी मुलुकसँग असल राजनीतिक तथा आर्थिक सम्बन्ध चाहेको र यस सम्बन्धमा आफ्नो जिम्मेवारी पूरा गरेको बताएका छन्। काबुलबाट प्रसारण हुने अफगान समाचार च्यानल टोलो न्युजका अनुसार तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबान नेता
११ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन् । उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक-पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिए । उनले आयोजनाको
११ असार, काठमाडाैँ । अष्ट्रेलियाको ‘नेशनल ग्यालरी' सङ्ग्रहालयमा रहेका नेपाली पूरातात्विक महत्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएकोछ नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न माध्यमबाट क्यानबेरास्थित नेशनल ग्यालरी अफ अष्ट्रेलिया पुगेका थिए । नेशनल ग्यालरीले नै कलाकृति नेपाली दुतावासलाई हस्तान्तरण गरेको थियो । यसरी हस्तान्तरण
११ असार, काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग आज नेपालका लागि नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क तइयोङले शिष्टाचार भेटवार्ता गरेका छन् । सम्माननीय अध्यक्षको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, हवाई उडान, पर्यटन तथा आर्थिक विकास लगायतका विषयमा कुराकानी भएको छ । भेटमा