Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाली राजदूतको भेट


११ असार, काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग आज नेपालका लागि नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क तइयोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सम्माननीय अध्यक्षको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, हवाई उडान, पर्यटन तथा आर्थिक विकास लगायतका विषयमा कुराकानी भएको छ ।

भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशबीचको द्विपक्षीय सम्बन्ध तथा सहयोग अझ प्रगाढ र सुदृढ हुनेमा म विश्वस्त रहेको बताउँदै आगामी वर्ष नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौं वार्षिकोत्सवलाई नेपालको पर्यटन र आर्थिक विकासका लागि महत्त्वपूर्ण हुने गरी मनाउनुपर्ने कुरामा जोड दिए ।

अध्यक्ष तिमिल्सिनाले नेपालको आर्थिक विकासमा दक्षिण कोरियाको सहयोग उल्लेखनीय रहेको बताउँदै सामसुङले जस्तै अन्य कारखाना नेपालमा नै राखेर उत्पादन गर्न आग्रह गरे । अध्यक्ष ज्यूले अहिले कोरियामा नेपाली श्रमिकले काम गरिरहेको अवस्थामा नेपालमा नै काराखाना राख्दा श्रम समेत सस्तो हुने भएकाले कोरियालाई कम्पनीलाई पनि व्यापारमा थप लाभ हुन सक्ने बताए । उनले आफूले कोरियाको औपचारिक भ्रमणका क्रममा पनि यस विषयमा कुरा राखेको कुरामा जोड दिए । उनले भविष्यमा नेपालको जलस्रोत, कृषि र पर्यटनका क्षेत्रमा पनि कोरियाली लगानी भित्रने विश्वास व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले कोरियाली पर्यटकहरुको नेपाल प्रति आकर्षण रहेका आगामी दिनमा पर्यटकको संख्या दोब्बर वृद्धि गर्ने उद्देश्य सहित काम अघि बढाउन सुझाव दिँदै नेपाल एयरलायन्सको कोरियामा सिधा उडान सुरु गर्न पनि आग्रह गरे । यसले नेपाल आउने पर्यटकको संख्या वृद्धि हुने विश्वास व्यक्त गरे । दुवै एयरलाइन्सले उडान सञ्चालन गर्दा भाडादर पनि सस्तो हुन जाने भएकाले नेपाली श्रमिक र कोरियाली पर्यटक दुवै लाभान्वित हुन सक्ने कुरामा ध्यानाकर्षण गराए ।

राजदूत तइयोङले कोरियाको रोजगार क्षेत्रमा नेपाली कामदारको उल्लेख्य उपस्थिति रहेको बताउँदै कोरियामा सिकेको सिप र आर्जन गरेको पुँजीलाई नेपालमा फर्केर उद्योग तथा व्यवसायमा लगाउन आग्रह गरे । अहिले नेपाल फर्केपछि घर र गाडीमा लगानी गर्ने क्रम बढेकोमा उनले चिन्ता व्यक्त गरे । त्यसको साटो रोजगारी सृजना गर्दा देश र उहाँहरुलाई पनि फाइदा हुन सक्ने कुरामा उनको जोड थियो । उनले नेपाली श्रमिक शिष्ट, मेहनती र अनुशासित रहेको बताउँदै नेपालबाट जाने श्रमिकको संख्या आगामी दिनहरुमा बढ्दै जाने विश्वास व्यक्त गरे । उनले नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण जयन्तीको अवसरमा आफ्नो मुलुकले विशेष कार्यक्रम गर्ने योजना बनाएको बताए ।


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?