Trending
>>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक >>   १ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी >>   चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै >>   कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित >>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

पाकिस्तानमा महिला र बालबालिकाविरुद्ध चार महिनामा नौ सयभन्दा बढी हिंसाका घटना दर्ता


११ असार, एजेन्सी । पाकिस्तानमा यो वर्षको पहिलो चार महिनामा सिन्ध प्रहरीमा महिला र बालबालिकाविरुद्ध हिंसाका ९०० भन्दा बढी घटना दर्ता भएका सस्टेनेबल सोसियल डेभलपमेन्ट अर्गनाइजेसन (एसएसडीओ) को एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनले यस्ता घटनाको रिपोर्टिङ गर्ने सामाजिक निषेधका कारण यो सङ्ख्या अझ बढी हुन सक्ने उल्लेख गरेको छ । विशेषगरी यस अवधिमा ५२९ महिला अपहरणमा परेका छन् भने घरेलु हिंसाका घटना ११९ पुगेका छन् । यसबाहेक बलात्कारका ५६ र पारिवारिक प्रतिष्ठाका लागि भएका हत्या (अनर किलिङ) का ३७ घटना भएका छन् ।

कराँची, हैदरावाद र केमारी जिल्लाहरू महिलाविरुद्ध हिंसात्मक अपराधका लागि हटस्पटका रूपमा देखा परेका छन् । बालबालिकामाथि हुने हिंसाको सन्दर्भमा, यौन हिंसा सबैभन्दा बढी प्रचलित छ र यसमा ६७ घटनाहरू रिपोर्ट गरिएका थिए । प्रतिवेदनले सबै नागरिक, विशेषगरी महिला र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकार, प्रहरी र न्यायपालिकाको ध्यान र कारबाहीको आवश्यकतामा जोड दिएको छ ।


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?