Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

साताको दोश्रो दिन पनि दोहोरो अङ्कले बढ्यो शेयर बजार


११ असार, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार एक सय २९ दशमलव ४२ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६६ अङ्कले उकालो लागेर तीन सय ९९ दशमलव ११ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने आठ उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ ।

नेप्सेका अनुसार कूल एक करोड १९ लाख तीन हजार छ सय ८७ कित्ता शेयर रु पाँच अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४२ करोड पाँच लाख ९९ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ । सोल्टी होटल रु २७ करोड २६ लाख ९६ हजार, हिमालयन डिस्टिलरी रु २२ करोड ३७ लाख ९९ हजार सात सय १९ बराबरको शेयर कारोबार भएको छ ।

साथै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको रु १५ करोड ४९ लाख ९६ हजार चार सय ६४ र नेपाल लाइफ इन्स्योरेन्स रु १४ करोड ८६ लाख ३९ हजार तीन सय २६ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार हिमालयन लाइफ इन्स्योरेन्स, बीपीडब्ल्यू लघुवित्त, सिटी होटलको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै, सिभिल लघुवित्त नौ दशमलव ९७ र माउण्टेन इनर्जी नेपालले शेयर मूल्य नौ दशमलव ७६ प्रतिशतले बढेको छ ।

सुपर मादी हाइड्रोपावरको शेयर मूल्य छ दशमलव ९४, विन नेपाल लघुवित्तको छ दशमलव २५, मोलुङ हाइड्रोपावरको पाँच दशमलव १९, कालिञ्चोक दर्शन चार दशमलव ३९ र ग्रीनलाइफ हाइड्रोपावरको शेयर मूल्य चार दशमलव १० प्रतिशतले घटेको छ ।


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?